अपराध सुरक्षा

पाँच घण्टाभित्रै सुमिना हत्याका अाराेपी पक्राउ

पाँच घण्टाभित्रै सुमिना हत्याका अाराेपी पक्राउ
माघ – २४ । पहिचन खुलेको पाँच घण्टामै सुमिना महतको हत्याको आरोपीलाई जिल्ला प्रहरी कार्यालय खोटाङले पक्राउ गरेको छ । २८ वर्षीया महतको हत्या गरी परार रहेका रोहिण कार्कीलाई खोटाङ प्रहरीले पक्राउ गरेको हो ।

सोमबार विहान पहिचन खुलेसँग प्रहरी अनुसन्धान अघि बढाएको र पाँचघण्टा भित्रै महतको हत्याका आरोपी चिसापानी–४ बस्ने ४० वर्षीय कार्कीलाई प्रहरीले पक्राउ गर्न सफल भएको हो । रातो स्वीटर, नाकमा फुली र हातमा बाला लगाएको हुलियाका आधारमा सोधखोजपछि मृतक युवतीको पहिचान खुलेको र मृतकको पहचान खुलेसँगै अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक नविनकिशोर प्रधानले बताए । भोजपुर नगरपालिका कोदारकी महत खोटाङको डम्बर्खुशिवालय–१ स्थित काभ्रेखोलामा मृत अवस्थामा मृत फेला परेकी थिइन । बुधबार घरबाट हिँडेकी महतले परिवारलाई ’इटहरी जाँदैगरेको’ जानकारी गराएकी थिइन् । खोलाको गहिरो खोँचमा घोप्टो परेर लडिरहेको अवस्थामा शनिबार दिउँसो महतको शव फेला परेको थियो । युवतीको घाँटी र अनुहारमा खुकुरीको गहिरो चोट देखिएकाले घटनालाई शंकास्पद मानिएको थियो । युवतीको मृत शव भेटिएको ठाउँमा आलो रगत भेटिएकाले शुक्रबार राति घट्ना भएको अनुमानअनुसार प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।

पक्राउ