समाज

अवैध रुपमा बस्दै आएका ३७ बंगलादेशी पक्राउ

अवैध रुपमा बस्दै आएका ३७ बंगलादेशी पक्राउ
माघ–२३ । अवैध रुपमा काम गर्दै आएका ३७ बंगलादेशी नागरिकलाई काठमाडौंको ठमेलबाट प्रहरीले पक्राउ गरेका छन् । नागरिकता–पासपोर्ट लगायत कागजात विना चमतीस्थित लत्ताकपडा कारखानामा काम गर्ने गरेको ३७ जना बंगलादेशी नागरिक पक्राउ परेका हुन् । आइतबार महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेबाट खटिएको प्रहरीको एक टोलीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार उनीहरु बंगलादेशबाट कलकत्ता हुँदै झापाबाट काठमाडौँसम्म आइपुगेका हुन् । बंगलादेशी नागरिकहरुलाई युरोपमा सजिलै भिसा नदिने हुँदा उनीहरु नेपाल आएर यहाँको दलालमार्फत नक्कली पासपोर्ट बनाएर युरोपसम्म पुग्ने गरेको प्रहरीको भनाई छ । उनीहरुलाई अध्यागमन विभाग बुझाउने प्रहरीले तयारी गरेको छ ।

अवैध पक्राउ बंगलादेशी