अर्थ
साढे ३३ किलो सुन काण्डमा एसएसपी खत्री पक्राउ
आइतबार, २३ माघ २०७३ गते प्रकाशित

माघ–२३ । दुबईबाट आएको साढे ३३ किलोे सुन काण्डमा एसएसपी श्याम खत्री पक्राउ परेका छन् । खत्रीलाई प्रहरीको केन्द्रीय अनुसन्धान विभाग सिआईबीको टोलीले आइतबार प्रहरी प्रधान कार्यालयबाटै पक्राउ गरेको हो ।
गत पुस २१ मा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको भन्सारबाट पास भएपछि ३३ किलो पाँच सय ७७ ग्राम ४० मिलिग्राम सुन अनुसन्धान ब्युरोले बरामद गरेपछि खत्रीलाई विमानस्थलबाट प्रहरी प्रधान कार्यालय नक्शालमा सरुवा गरिएको थियो ।
यस सुन काण्डको आरोपमा दोहोरी साँझका संचालक काभ्रेका रामहरि कार्कीपनि पक्राउ परिसकेका छन् । उनले दोहोरी साँझमा सुन ल्याएर त्यहाँबाट विभिन्न सुन पसलहरुमा बेच्ने गरेका थिए ।
पक्राउ
श्याम खत्री
सुन काण्ड