समाज

अपहरण तथा शरीर बन्धक मुद्दाका आरोपी ६ वर्षपछि पक्राउ

अपहरण तथा शरीर बन्धक मुद्दाका आरोपी ६ वर्षपछि पक्राउ
माघ→२२ । अपहरण तथा शरीर बन्धक मुद्दाका आरोपी एक व्यक्तिलाई प्रहरीले ६ वर्षपछि सप्तरीको वनैनियाँबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरी वनैनियाँ गाविस– ५ का विक्रम भनिने इस्लाम मियाँ रहेको छन् । प्राप्त सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले घरमा लुकेको अवस्थामा उनलाई शनिबार पक्राउ गरिएको सप्तरीका प्रहरी उपरीक्षक दिवेश लोहनीले बताए । मियाँमाथि सप्तरीको ब्रह्मपुर गाविस– ७ का औषधि पसल सञ्चालक पुनित चौधरीलाई पसल बन्द गरेर घर फर्किने क्रममा २०६७ साल माघ १३ गते राति अपहरण गरेको आरोप छ । अपहरणपछि चौधरीका काका जयशङ्कर चौधरीले जिल्ला प्रहरी कार्यालयमा मियाँसहित अपहरण गर्ने पाँच जनाविरुद्ध किटानी जाहेरी दिएका थिए । पक्राउ परेका मियाँविरुद्ध अनुसन्धान कार्य भइरेहेको र फरार अन्य व्यक्तिको खोजी जारी रहेको प्रहरी उपरीक्षक लोहनीले बताए । रासस

अपहरण तथा शरीर बन्धक मुद्दा आरोपी पक्राउ