प्रविधि

पिन टाइप नगरी ब्यालेन्स रिचार्ज

पिन टाइप नगरी ब्यालेन्स रिचार्ज

१२ वर्षअघि हजुबाको हातमा नेपाल टेलिकमको सिमसहित नोकियाको सेट आँउदा साहै खुसी लागेको थियो ।

हजुरबा पढेलेखेको भएकाले नम्बर डायल गर्न ब्यालेन्स रिचार्ज गर्न उहाँलाई गाहो थिएन । एक दिन उहाँले रिचार्जकार्ड लिएर घर आउनु भयो । हजुरबाले व्यालेन्स रिचार्ज गर्दै हुनुहुन्छ । सायद उहाँले पिन नम्बर गलत हान्नु भयो । धेरै पटक प्रयास गर्दा सिम कार्ड नै ब्लक भयो ।

सिम अनब्लक गर्न पोखरा टेलिकममा पुगेर निवेदन दर्ता गर्नु पर्यो । त्यो बेला सिम जहाँ पायो त्यही नपाइने हुनाले साहै झन्जट भयो । पिन नम्बर बिनै मोबाइलमा ब्यालेन्स रिचार्ज गर्न अहिलेका पुस्ताले इ–बैकिङ, इ–सेवा र आइ–पे जस्ता अनलाइन सेवा देखि एमपीओएस प्रविधिको प्रयोग गरिरहका छन् ।

सबैले यस्ता सेवा प्रयोग गर्छन । इे सेवा मार्फत सजिल्यै रिचार्ज गर्न एक एप्स बजारमा आएको छ । जसको माध्यमबाट पिन नम्बर स्क्रयाच गरी बिना पिन नम्बर रिचार्ज गर्न सकिन्छ ।

Mobile Mobile blast