मनोरञ्जन भिडियो

सुराच प्रसाईं जब यसरी हाँसे, कारण यस्तो थियो (भिडियोसहित)

सुराच प्रसाईं जब यसरी हाँसे, कारण यस्तो थियो  (भिडियोसहित)

इन्जिनियर बन्ने सपना लिएर काठमाडौं छिरेका सुराच प्रसाईं सञ्चारकर्मी हुँदै गायनमा लागेका हुन् । करिव एक दशकदेखि संघर्षरत गायक प्रसाईंलाई नाइलनको सारीले उचाइमा पुर्यायो । थुर्पै गीत रचना तथा संगीत भरिसकेका उनले पहिलो एल्बम जिन्दगी लिएर आएका छन् । सोही एल्बममा रहेको राष्ट्रिय भावनाले ओतपोत बन्छ नेपाल बोलको गीतले फेरि उनलाई नयाँ उचाइमा पुर्याएको छ । झापामा जन्मिएका प्रसाईंले नेपालआजसँगको विशेष कुराकानीमा आफ्नै दाजुबाट प्रभावित भएर गायन पेशामा लागेको बताए  । गायक सुराच प्रसाइंको जन्म झापा जिललामा भएको हो ।

पहिला देखिनै गीत संगीत रुचाउने सुराच जस्तो सुकै किसिमको गीत संगीतलाई मन पराउँछन । आफनै  दाजुबाट प्रभावित भएर गायन पेसामा सक्रिय रहेको  नेपालआजलाई बताए । नेपाली गायन क्षेत्रमा आफुलाई अगाडि बढाएका गायक प्रसाइं यति बेला चर्चामा रहेका छन । प्रसाईंको एल्बम जिन्दगी मा समाबेश राष्ट्रिय भावनाले भरिएको गीत  बन्छ नेपाल  को म्युजिक भिडियोले पछिल्लो समयमा निकै चर्चा कमाएको छ । उक्त म्युजिक भिडियो उत्कृष्ट भएको  छ । सुराच प्रसाईंको स्वर रहेको उक्त म्युजिक भिडियोमा सुराच प्रसाईंले आफैँ सब्द र संगीत भरेका छन् भने अभिनय पनि आफैँ गरेका छन् । अन्य गीतमा पनि सुराच आफै अभिनय गर्छन । एकदिन आफनै बाबुले लभलेटर भेटेको प्रसँग सुनाउँदै सुराचले त्योबेलाको क्षण साँच्चै सम्झिन लायक रहेको बताएका छन ।

Surach Prasai