राजनीति भिडियो

यस कारण मसँग बामदेब गौतम पराजित भए (भिडियो सहित)

यस कारण मसँग बामदेब गौतम पराजित भए (भिडियो सहित)

संजय गौतम ०७० सालको संविधानसभा निर्वाचनमा बर्दियाबाट निर्वाचित सभासद हुन् । चुनावी मन्त्रिपरिषद्का सिँचाइ मन्त्री पनि हुन् । नेपाली काँग्रेस संस्थापन पक्षका अविचलित पात्र पनि हुन् । यति हुँदा हुँदैपनि उनी उनको छबी राष्ट्रिय राजनीतिमा स्थापित हुन सकेको थिएन । ०७० सालको निर्वाचनमा काँग्रेस, एमाले र माओवादीले हाराहारी मत पाउँदा गौतम कडा प्रतिष्प्रर्धाबाट निर्वाचित भएका थिए । अहिले क्षेत्र विस्तार भइ बामदेव गौतम निर्वाचित भएको क्षेत्रसमेत गाभिएको थियो र, स्थानीय निर्वाचनमा एमाले माओवादी हावी भएको धेरैजसो ठाउँ सो क्षेत्रमा पर्दथे । बाम गठबन्धन अत्यन्त बलियो ठानिएको र काँग्रेस निष्प्रभावी रहने मानिएको ठाउँमै शक्तिशाली बाम नेता बामदेवलाई पराजित गरेपछि संजय राष्ट्रिय राजनीतिको चर्चामा छन् ।

शालिन स्वभावका संजय विवादबाट टाढै रहन रुचाउने नेताका रुपमा चिनिन्छन् । मिलनसारिता उनको बलियो पक्ष हो । उनले ७ सय ५३ मतान्तरले एमाले उपाध्यक्ष गौतमलाई पराजित गरेका थिए । एमालेले उक्त क्षेत्रमा अन्तर्घात भएको भन्दै छानविन समिति बनाएको छ ।

चुनावी परिणामलाई लिएर नेपाल आजले साँसद संजय गौतमसँग अन्तरर्वार्ता गरेको छ । अन्तर्वार्तामा संजयले आफ्नो जितलाई चुनौतिपूर्ण तर स्वभाविक भनेका छन् ।

वर्दियावासीमा लामो समयदेखि विकास निर्माण नहुँदा निराशा छाएको र निराशालाई आशामा बदल्न आफू सफल भएको गौतमको दाबी छ । ‘वामदेव गौतमले ठूला मुद्धा उठाउनुभयो, मैले साना र स्थानीय मुद्धालाई उठाएँ । जनताले मेरो आवश्यकता देख्नुभयो । जितको राज यही हो ।’ संजय गौतमले भने ।

उनी थप्छन्, ‘विगतमा वाम गठबन्धनले पाएको मत आफ्ना कार्यकता हो भन्ने ठान्नु भयो । त्यो जनताको मत हो । जनताको मतलाई कार्यकर्ताको मत भन्ने ठान्नु नै उहाँहरुको भ्रम हो ।’

मन्त्री गौतमले वर्दियाको क्षेत्र नम्बर १ का जनता वामदेवको पक्षमा नभएको दावी गरे । २०७० सालमा वामदेवले वर्दिया र प्युठानबाट चुनाव जितेका थिए तर उपनिर्वाचनमा उनले वर्दियालाई छोडेका थिए । वामदेवले वर्दियालाई छाडेर जानु पनि चुनाव हुर्नु कराण ठान्छन् मन्त्री गौतम । उनले त्यही इसुलाई पनि चुनावी भाषणमा दमदार प्रयोग गरे ।

राजनीतिलाई वर्दियाको समंग्र विकाससँग जोडेका कारणले नै जनताले आफूलाई जिताएको बताए । स्थानीय जनताको जीवनशैलीसँग जोडिएर स्थानीयको जीवनशैलीलाई सुधार्न उल्लेख्य काम गरेकाले पनि जनताले आफूलाई विश्वास गरेको उनी बताउँछन् ।

एक फरक प्रसंगमा उनले नेपाली कांग्रेस आफ्नै कारणले पराजित बनेको मन्त्री गौतमले स्वीकार गरे । समंग्र कांग्रेस निर्माण गर्न नसकेर गुठगत स्वार्थमा जाँदा कांग्रेसले पराजय भोग्नु परेको उनी बताउँछन् ।

 

विशेष

ADVERTISEMENT