अभिलेख

एमबिए पढ्न चाहनेलाई चौधरी ग्रुपको प्रस्तावः पढाइ सक्किएपछि जागिरको पनि अवसर

एमबिए पढ्न चाहनेलाई चौधरी ग्रुपको प्रस्तावः पढाइ सक्किएपछि जागिरको पनि अवसर

काठमाडौं । ‘चौधरी ग्रुप’ आफैंमा एउटा ‘ब्राण्ड’ हो । सीजीले नेपालमा मात्र होइन विश्वका थुप्रै देशमा आफ्नो व्यवसाय विस्तार गरेको छ । होटल, रियलस्टेट, सिमेन्ट, स्वास्थ्य, उर्जा, खाद्यन्नलगायतका विभिन्न विधामा लगानी गर्दै आफ्नो ‘ब्राण्ड’लाई विश्व सामू परिचित बनाउँदै आएको सीजीले पछिल्लो समय शिक्षा क्षेत्रमा पनि हात हालेको छ । प्राज्ञिक ज्ञानलाई उद्योगसँग जोड्ने उद्देश्यसहित शिक्षा क्षेत्रमा हात हालेको सिजीको दाबी छ ।

सीजीले सीजीआइएम कलेजको माध्यमबाट व्यवस्थापन संकाय अन्तर्गतको सबैभन्दा उत्कृष्ट र प्रतिष्ठित बिधा मानिने एमबिए प्रोग्राम सञ्चालन गरेको हो । नेपालकै स्थापित व्यवसायिक घरहानाद्वारा संचालित यो कलेज छोटो अवधीमै स्थापित भएको छ । सीजीआइएम कलेजमा अध्ययन गर्ने विद्यार्थी आफ्नो भविष्य स्थापित हुने कुरामा ढुक्क देखिन्छन् ।

कलेजका प्रधानाध्यापक प्रमोद पराजुलीका अनुसार सैद्धान्तिक ज्ञानलाई व्यवहारिकरुपमा रुपान्तरण गर्न कलेजले जोड दिने गरेको छ । सीजीआइएममा अध्ययन गरेका विद्यार्थीका लागि सीजीले अवसर दिलाउने पराजुलीको भनाइ छ । पराजुली भन्छन्, ‘प्रत्येक ब्याचका कम्तीमा पनि दशजना उष्कृष्ट विद्यार्थीलाई सीजीले प्रत्यक्ष रुपमा ‘पलेसमेनट’ दिनेगर्छ । यो सम्झौता भर्ना हुने समयमा नै विद्यार्थी र कलेजबीच भएको हुन्छ ।’

सीजीआइएम कलेजले एमबिए सुरु गरेको तीन वर्ष पछि आउँदो फेब्रुअरीमा इनटेकको लागि भर्ना खुल्ला गरेको छ । आकर्षक विज्ञापनभन्दा पनि प्रभावकारी मुल्यांकन, अनुभवी शिक्षक, चुस्त व्यवस्थापन, सिकाइ केन्द्रीत पढाइ, विद्यार्थीलाई कम दवाव, प्रतिवद्ध संचालक आदि कुरा ख्याल गरेर सिजीले शिक्षा क्षेत्रमा हात हालेको प्रधानाध्यापक पराजुलीको दाबी छ ।

के हो सीजीआइएम एमबीए ?

सीजिआइएमको एमबीए प्रोगामले मलेसियाको लिमककविङ विश्वविद्यालयबाट सम्बन्धन लिएको छ । विश्वको दशवटा देशका बाह्रवटा ठाउँमा यो विश्वविद्यालय अन्तर्गतको एमबीए प्रोग्राम चल्छ । सीजीआइएममा एमबीए चलाउने आफ्नै सिद्धान्त र मूल्य मान्यता रहेको कलेजका प्रधानाध्यापक पराजुली बताउँछन् । उनी भन्छन्, ‘हामी सधैं स्टुडेन्टसेन्ट्रिक –विद्यार्थी केन्द्रीत) हुन्छौं । यहाँ चल्ने प्रोगाम नै विश्वभर चल्छ । विशेषगरि हाम्रो कलेजमा भएको एमबीए प्रोगाम इन्डस्ट्रिसँगजोडिएको छ । विद्यार्थीहरु यहाँ आए भने ग्लोबलाइज्ड करिकुलम (विश्वस्तरीय पाठ्यक्रम) र इन्डस्ट्रि अलाइड (बजारमैत्री) वातावरणमा सिक्ने अवसर पाउँछन् । एमबीए ग्राजुएटको मार्केटमा भएको माग हामीले पुरा गर्न सक्छौं ।

यहाँ पढ्ने टप टेनलाई चौधरी ग्रुप आफैंले प्लेसमेन्ट गर्छ । हामी आइएसओ सर्टिफाइड हौं । त्यसकारण यसको भौतिक पूर्वाधार र आइएसओअनुसार नै चल्छ । हाम्रो सुुविधा सधैँ विद्यार्थीलाई लिएर हुन्छ ।’

आइएसओ सर्टिफाइड कलेज भएको हुनाले यसका भौतिक पूर्वाधारमा कुनै कमी नरहेको कलेजका प्रराजुली बताउँछन् । खेलकुदको लागि मैदान, सेमिनार हल, कक्षाकोठा र हरियालीलाई कलेजले चुस्तस्फुर्त राखेको छ ।

एमबीए पढाएर विद्यार्थीलाई म्यानेजरसँगै उद्यमी पनि बनाउने उद्देश्य रहेको कलेजका कोअर्डिनेटर लक्षमण पोख्रेलले बताए । एमबीए पढेका विद्यार्थीलाई अबको दिनमा उद्यमी बन्न पहल गर्नुपर्ने बताउँदै उनले थपे, ‘विद्यार्थीमा रोजगारी खोज्ने मात्र भएर रोजगारको अवसर बनाउन सक्ने क्षमताको विकास गराउनुपर्छ । यसको लागि सीजिआइएमले विद्यार्थीको विभिन्न अतिरिक्त क्रियाकलापमा जोड दिने गर्छ ।’ तर, अतिरिक्त क्रियाकलाप मात्र सबै थोक नहुने कुरामा विश्वास गर्छन् उनी । उनले भने, ‘करिकुलम नै सबै थोक होइन । यो एयर्पोर्टको रनवेजस्तै हो । तर यसमा मात्र सिमित हुनु भएन बजारको डिमाण्डअनुसार चल्न सक्नुपर्छ ।’

कस्ता विद्यार्थीले सीजीआइएममा एमबीए गर्न पाउने ?

सीजीआइएममा एमबीए पढ्न व्यवस्थापनकै विद्यार्थी हुनुपर्छ भन्ने जरुरी नरहेको भन्दै पोखरेलले भने, ‘यहाँ हामी पढेपछि डिग्रीसँगै सीप पनि विकास गराउँछौ । एमबीए म्यानेजमेन्टको प्रोगाम भएपनि यो सबै क्षेत्रमा चाहिन्छ । यो पढ्नलाई म्यानेजमेन्ट नै पढेको हुनुपर्छ भन्ने छैन । इन्जिनियरले पनि एमबीए गरिरहेका छन् । कुनै पनि विधामा बीबीएस गरेका विद्यार्थीले हाम्रोमा एमबीए गर्न सक्छन् । नेपालको ठूलो इन्डस्ट्रिसँग सिधै जोडिएको हुनाले हाम्रो विद्यार्थीले उद्यमबारे बढि ज्ञान आर्जन गर्न सक्छन् ।’

"> 

उनले आफ्नो प्रोग्रामका बारेमा सिधा सम्पर्क गर्न सुझाउँछन् । पराजुलीले फोन नम्बर दिँदै भने, ‘हामी सबै कुरा जस्ताको तस्तै भन्छौँ, एक कल डायल गर्नोस् । यो हो हाम्रो सम्पर्क नम्बरः ९७७–१–४१०७१०१, ४१०७११४, ९७७९८०१२००८२७

इमेल: info@cgim.edu.np

विशेष

ADVERTISEMENT