मुख्य समाचार

सुनकोशीमा जीप खस्यो, विस्तृत विवरण आउन बाँकी

सुनकोशीमा जीप खस्यो, विस्तृत विवरण आउन बाँकी

काभ्रे । जिल्लाको भुम्लु गाउँपालिका–१० मा शुक्रबार बिहान जीप दुर्घटना भएको छ । बा ३ च ६७८७ नम्बरको जीप अन्दाजी ५० मिटर तल सुनकोशी नदिमा खसेको हो ।
जिल्ला प्रहरी कार्यालय काभ्रेले सुनकोशी नदिमा डुबिरहेको अवस्थामा जीप फेला परेको जनाएको छ । ।
जीपमा कतिजना सवार थिए भन्नेबारे केही खुलेको छैन । नेपाल प्रहरीका डीएसपी महेन्द्र मरासिनीले दुर्घटनाको विस्तृत विवरण प्राप्त हुन नसकेको बताए ।
उद्धारका लागि सुरक्षाकर्मीको टोली घटनास्थल पुगिसकेको छ । प्रहरी घटनास्थलमा एउटा मोबाइल सेट फेला पारेको जनाएको छ ।

विशेष

ADVERTISEMENT