मुख्य समाचार

प्रतिनिधिसभामा केही नपाए पनि विवेकशील साझाले प्रदेश ३ मा पाउने भयो तीन सिट

प्रतिनिधिसभामा केही नपाए पनि विवेकशील साझाले प्रदेश ३ मा पाउने भयो तीन सिट

काठमाडौं । प्रदेश ३ को समानुपातिकतर्फ नेकपा एमालेले ७ सिट पाएको छ भने विवेकशील साझा पार्टीले ३ सिट पाएको छ ।

निर्वाचन आयोगका अनुसार प्रदेश ३ को समानुपातिकतर्फको गणना सकिएको छ । एमालेले ६ लाख ६५ हजार २४९ मत पाएको छ भने कांग्रेसले ५ लाख ४९ हजार ७०४ र माओवादीले ३ लाख १२ हजार ९७ मत पाएको छ ।

यस्तै विवेकशील साझाले १ लाख १७ हजार १३९ र राप्रपाले ५६ हजार १६८ मत पाएको छ ।

प्रदेशसभातर्फ १.५ प्रतिशतको थ्रेसहोल्ड छ । कुल सदर मतको १.५ प्रतिशत नकटाउने दलले समानुपातिकमा सिट पाउँदैनन् ।

यसरी हेर्दा प्रदेश ३ को समानुपातिकतर्फ एमालेले १७ सिट पाएको छ । कांग्रेसले १४ सिट पाउँदा माओवादीले ८, विवेकशील साझाले ३ र राप्रपाले २ सिट पाएको छ ।

विशेष

ADVERTISEMENT