राजनीति

बाबुराम भट्टराईलाई हराउन यस्तो सम्म योजना !

बाबुराम भट्टराईलाई हराउन यस्तो सम्म योजना !

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले चुनावमा जित्लान् वा हार्लान ? अहिले सर्वाधिक चासोको विषय बनेको छ । माओवादीका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठसँग प्रतिष्प्रर्धामा रहेका भट्टराईका लागि यो चुनाव गर या मरको परीक्षा बनेको छ । अर्कोतर्फ, उनलाई हरहालतमा हराउनका लागि ठूलै प्रयास जारी छ । ती मध्ये केही प्रयास त राजनीतिकवृत्तमा रोचक देखिएका छन् ।

हालै बाम बुद्धिजिवीहरुका तर्फबाट जारी गरिएको भनिएको बाम गठबन्धनका पक्षमा वक्तव्य एउटा त्यस्तै उदाहरण हो । प्रा पिताम्बर शर्मालगायतकाले जारी गरेको सो वक्तव्यमा नाम राखिएका झलक सुवेदीले आफूलाई झुक्काइएको प्रष्टिकरण दिइसकेका छन् । बाम गठबन्धनका पक्षमा देशभरका लागि अपिल गर्ने भनि वक्तव्य तयार गरेको भनिएको र सोही आधारमा आफूले बक्तव्यमा आफ्नो नाम राख्न सहमति जनाएको तर बाबुरामको नाम किटेर उनीमाथि प्रहार गरेको सन्दर्भ आफूलाई लुकाइएको भन्दै उनले सार्वजनिकरुपमै असन्तुष्टि व्यक्त गरिसकेका छन् ।

बुद्धिजिबीहरुका तर्फबाट भनिएको बक्तव्यको सार्वजनिकरुपमै आलोचना भएको छ । दीपक मनाङेजस्ता कुख्यातलाई समेत बामगठबन्धनले समर्थन जनाएको छ । मनाङेका बारेमा आलोचनात्मक टिप्पणीसमेत नगरिएको सो विज्ञप्तिमा बाबुराम भट्टराईको भने खेदो खनिएको छ । बाबुराममाथि बर्सिएको बुद्धिजिबीको बक्तव्य मनाङेका सन्दर्भमा किन मौन भन्दै सामाजिक संजालमा प्रतिष्ठित व्यक्तिहरुले प्रश्न उठाएका छन् । बाबुराम हुनै नहुने, स्वतन्त्रका हैसियतमा भएपनि मनाङे हुनै पर्ने, किन ? भन्ने प्रश्न बक्तव्य जारी गर्ने बुद्धिजिविहरुका तर्फ तेर्सिएको छ ।

बाबुरामलाई उनको पूरानो चुनाव चिन्ह हसियाँ हथौडाले अफ्ठयारो पार्न सक्ने देखिएको छ ।

भट्टराई २ पटक गोरखाबाट संविधानसभा सदस्यमा निर्वाचित भए । त्यतिबेला उनी हसिया हतौडा चिन्ह लिएर गोरखाली मैदानमा प्रतिष्प्रर्धी भएका थिए । माओवादीको हसिया हथौडा चिन्हसहितको घोषणापत्रलाई उनले सर्वोत्कृष्ट भन्दै ब्याख्या गर्दथे । सोही सन्दर्भमा बाबुराम भट्टराईले हसियाँ हथौडा चिन्ह भएको घोषणापत्र बोकेको तस्बिरलाई एकथरीले अहिले मसला बनाएका छन् । बाम गठबन्धनका पक्षधरहरुले बाबुरामको सोही फोटा देखाउँदै हसियाँ हथौडामा मतदान गर्न र बाबुरामलाई जिताउन अपिल गरिरहेका छन् । अहिले बाबुरामको चुनाब चिन्ह आँखा हो । तर, हसियाँ हथौडा भनेर मतदातालाई अल्मलाउने प्रयासमा बामगठबन्धन आबद्ध व्यक्तिहरु सक्रिय रहेको सामाजिकसंजालमा प्रष्ट देखिन्छ ।

गोरखामा दुई विपरित शक्तिको प्रतिष्प्रर्धा देखिएको छ । बाबुरामको मुख्य शक्ति भनेको उनको ब्यक्तित्व र विकासे छबी हो । नारायणकाजी श्रेष्ठको मूख्य शक्ति भनेको पार्टी संगठन हो । श्रेष्ठ बाबुराम व्यक्तिले गरेको विकास नभइ माओवादीले गरेको विकासका अथ्र्याउने गर्दछन् । विकासे चाहनाले बाबुरामलाई जाने भोट रोक्न सके नारायणकाजीलाई सहज हुने देखिन्छ । अर्कोतर्फ माओवादी जनयुद्धमा सहभागी नभएका र तत्कालिन सन्दर्भमा जनयुद्धको विरोध गरेको विषयलाई बाबुरामले भोट तान्ने माध्यम बनाउन खोजिरहेका छन् । यो घमासनमा कस्ले बाजी मार्ने हो ? यसपालीको चुनावको सबैभन्दा रोचक प्रश्न रहेको छ ।

विशेष

ADVERTISEMENT