अपराध सुरक्षा

नागमणी लुट्न व्यक्ति अपहरणा गर्ने १० अपहरणकारी पक्राउ

नागमणी लुट्न व्यक्ति अपहरणा गर्ने १० अपहरणकारी पक्राउ
माघ - १८ । जिल्ला प्रहरी कार्यालय पर्साले अपहरण गर्ने दश जनाको समूहलाई पक्राउ गरेको छ । पक्राउ परेका दश जनालाई मंगलबार प्रहरीले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा जिल्ला काठमाण्डौ बुढानिलकण्ठ १५ मा बस्ने प्रेमलाल श्रेष्ठ, सर्लाही हरिवनका बिजय बहादुर बल, सिन्धुपालचौक लिसन्खु ८ बस्ने सागर श्रेष्ठ, मकवानपुर देयाल ५ बस्ने अमित बोम्जन, काभ्रे भिमखोरी १ बस्ने मोहन बहादुर किङरिङ, सर्लाही हरिवन ५ बस्ने सुवेष घलान, सर्लाही नेत्रगंज २ बस्ने योगेन्द्र प्रसाद भट्ट, सर्लाही भाडसार २ बस्ने नसि अख्तर, सर्लाही नेत्रगंज बस्ने राजुलामा रहेका छन् । वीरगंज उप—महानगरपालिका वडा नं. १८ भेडियाहीबाट बा १६ च ८७८० नम्बरको स्कारपियो गाडीमा आएको अज्ञात समूहले सिआईवीबाट आएको भन्दै बारा जिल्ला बस्ने महम्मद अब्दुल्लाहलाई जबरजस्ती गाडीमा बसाएर फरार भएको सूचनाको आधारमा ती व्यक्तिहरुलाई बाराको सिमराबाट पक्राउ गरिएको पर्सा प्रहरी प्रमुख गोविन्द साहले बताए । जिल्ला बारा सिसवा महेशपुर २ बस्ने अब्दुल्लाहसंग नागमणी भएको भन्ने सोचेर नागमणी लुटने उद्देश्यले अपहरण गरिएको अनुशन्धानको क्रममा खुलेको एसपी साहले बताए । पक्राउ परेकाहरुलाई सार्वजनिक अपराध अन्तर्गत मुद्दा अगाडि बढाइएको पर्सा प्रहरी प्रमुख गोविन्द साहले जानकारी दिए ।

Jail अपहरणकारी
ADVERTISEMENT