प्रविधि

सूचना प्रविधिले मुलुकलाई समृद्ध बनाउँछ - परराष्ट्रमन्त्री महत

सूचना प्रविधिले मुलुकलाई समृद्ध बनाउँछ - परराष्ट्रमन्त्री महत
माघ - १७ । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले सूचना प्रविधिको विकासले मुलुकलाई समृद्ध बनाउन सहयोग पुर्याउने बताए । काठमाडौँको भृकुटीमण्डपमा जारी २३ औँ संस्करणको ‘सुबिसु क्यान इन्फोटेक २०१७ इन एसोसिएसन विथ सामसुङ’ को अवलोकनपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मुलुक समृद्ध बनाउन सूचना प्रविधिले सहयाेग पुर्याउने बताएका हुन् । उनले भने ‘मानिसको जीवनमा सही समयमा सही सूचनाले ठूलो महत्व राख्छ ।’ सो अवसरमा जनसङ्ख्या तथा वातावरणमन्त्री जयदेव जोशीले पछिल्लो समयमा विकास भएका प्रविधिलाई अवलम्बन गरी जनजीवन सहज बनाउन सकिने बताए । नेपाली काँग्रेसका नेता एव्म सांसद उदयशमशेर राणाले यस किसिमको इन्फोटेकलाई काठमाडौँ उपत्यका बाहिर पनि प्रदर्शन गर्नुपर्नेमा जोड दिए । यही माघ १३ गतेदेखि सुरु भएको सो प्रदर्शनीमा आजसम्म दुई लाख ५४ हजार ३८५ जनाले अवलोकन गरिसकेको आयोजकले जनाएका छन् । प्रदर्शनीमा कतिपय कम्पनीले विभिन्न वस्तुमा छुट तथा आकर्षक उपहारसमेत घोषणा गरेका छन् ।

Information Technology prakash sharan mahat