अपराध सुरक्षा

लागूऔषध कारोबारी समूह र प्रहरीबीच गोली हानाहान, ३ घाइते

लागूऔषध कारोबारी समूह र प्रहरीबीच गोली हानाहान, ३ घाइते
माघ – १७ । सुनसरीको खनारमा सोमबार दिउँसो लागूऔषध कारोबारी समूह र प्रहरीबीच गोली चल्दा तीनजना घाइते भएका छन् । इटहरी उपमहानगरपालिका – १४ मा पर्ने खनारस्थित सुनसरी मोरङ सिंचाई योजनाको नहरनजिक लागूऔषधका कारोबारी समूहले प्रहरीमाथि गोली चलाएपछि प्रहरीले पनि जवाफी कारवाहीमा गोली चलाएको बताएको हो । घाइते हुनेमा मोरङ निवासी श्रवण सरदार, करिश्मा चौधरी र सतन पासवान रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ । सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोखरेलका अनुसार घटनास्थलमा हतियारसहित कोरेक्सलगायतका लागूऔषधि फेला परेको छ । घटनास्थलमा चारवटा पेस्तोल फेला परेको छ । आपराधिक गतिविधिमा समेत संलग्न लागूऔषधका कारोबारी रहेको सूचनाका आधारमा पुगेको प्रहरी टोली देखेर उनीहरुले गोली चलाएका थिए । त्यसपछि प्रहरीले पनि प्रतिकारमा गोली प्रहार गरेको थियो ।

लागूऔषध