राजनीति

सरकारले निर्वाचनको मिति घोषणा नगरे एमालेले देशव्यापी रूपमा आन्दोलन सुरू गर्छ- खनाल

सरकारले निर्वाचनको मिति घोषणा नगरे एमालेले देशव्यापी रूपमा आन्दोलन सुरू गर्छ- खनाल
माघ–१४ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले सरकारले निर्वाचनको मिति घोषणा गर्न खुट्टा कमाइरहेको बताएका छन् । संविधान कार्यान्वयनका लागि जनपरिचालनअन्तर्गत इलामको पशुपतिनगरमा गाउँ कमिटीले शुक्रबार आयोजना गरेको कार्यक्रममा उनले “सरकारले छिट्टै निर्वाचन मिति घोषणा नगरे मिति घोषणा गर्न एमालेले देशव्यापी रूपमा आन्दोलन सुरू गर्छ” भने । अङ्गीकृत नागरिकलाई देशको प्रमुख पद दिन नसकिने बताउँदै उनले संविधान संशोधनको प्रस्ताव विदेशीको इशारामा संसद्मा दर्ता भएको टिप्पणी गरे । उनले देशमा लामो समयदेखि स्थानीय तहको निर्वाचन नहुँदा जनताले दुःख पाइरहेको विचार व्यक्त गरे । सो अवसरमा विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गरेका करिब १५० जनालाई उनले स्वागत गरे । रासस

झलनाथ खनाल निर्वाचन नेकपा एमाले