विदेश

भारतमा हिमपहिरोमा १० सैनिकको मृत्यु, नेपाली पनि परेको आशंका

भारतमा हिमपहिरोमा १० सैनिकको मृत्यु, नेपाली पनि परेको आशंका

माघ १० । भारत प्रशासित कश्मिरमा हिम पहिरोमा पुरिएर १० सैनिक जवानको मृत्यु भएको छ ।

पाकिस्तानसँगको डि फ्याक्टो सिमा नजिकको नियन्त्रण रेखा एलओसीमा गस्तिका क्रममा हिम पहिरोमा पुरिएर ७ जना र सोहीस्थानको सैनिक पोष्टमा पहिरो खस्दा ३ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

अन्य ७ जनाको उद्धार गरिएको भारतीय सेनालई उदृत गर्दै बीबीसीले जनाएको छ । मृत्यु हुनेमा केही नेपाली भारतीय सैनिक पनि रहेको उल्लेख गरेको छ । अत्याधिक चिसो रहने सो क्षेत्रमा भारत र पाकिस्तान दुवै तर्फ सेनाका जवानको हिम पहिरोमा परि वर्षेनी मृत्यु हुने गरेको छ ।

India