समाचार

संघीयतामा कर्मचारी व्यवस्थापन गर्दा एक तह स्वतः बढुवा

संघीयतामा कर्मचारी व्यवस्थापन गर्दा एक तह स्वतः बढुवा

माघ ११ । संघीयतामा कर्मचारीको व्यवस्थापन तथा समायोजन गर्दा एक तह बढुवा दिनका लागि लबिङ सुरु भएको छ । आधिकारिक ट्रेड युनियनले नै संघीयताको समायोजनको क्रममा एक तह बढुवा दिनु पर्ने निर्णय गरेर लबिङ सुरु गरेको छ ।

गत शुक्रबार समान्य प्रशासनमन्त्रीसँगको छलफलमा आधिकारिक ट्रेड युनियनका पदाधिकारीहरुले संघीयतालाई सफलताका साथ कार्यान्वयन गर्न एक तह बढुवा दिनुपर्ने प्रस्ताव राखेका छन् । कर्मचारीलाई डरत्रास देखाएर काम लगाउनेभन्दा प्रोत्साहित गरेर काम गराउन एक तह बढुवा दिनुपर्ने कर्मचारी नेताहरुको माग छ । –दृष्टि साप्ताहिकबाट