प्रविधि

छुट र उपहारसहित ललितपुर मोबाइल एक्स्पो

छुट र उपहारसहित ललितपुर मोबाइल एक्स्पो
माघ – १० । ललितपुर मोबाइल कम्प्लेक्सले ‘ललितपुर मोबाइल एक्स्पो २०१७’ आयोजना गर्ने भएको छ । अंग्रेजी नयाँ वर्षको अवसर पारेर माघ १४ गतेदेखि २२ गतेसम्म चल्ने उक्त मेलामा छुट र उपहारसहित नयाँ वर्षलाई उत्सवमय बनाउने आयोजकले जानकारी दिएका छन् । ‘मोबाइल किनौं बुझेर, उपहार छानौं रोजेर’ भन्ने मुल नाराका साथ ग्राहकहरुलाई गुणस्तरीय उत्पादन उपलब्ध गराउने गरी एक्स्पो आयोजना गर्न लागिएको आयोजनकले जनाएको छ । मोबाइल कम्प्लेक्समा न्यूनतम १ हजारदेखि १ लाख ४० हजार सम्मका विभिन्न ब्राण्डका फोनहरु उपलब्ध रहेका छन् । कम्प्लेक्समा ग्राहकहरुले विभिन्न ब्राण्डका स्मार्टफोन, ग्याजेट, एसेसरिज तथा मोबाइल मर्मतको सेवा प्राप्त गर्न सक्ने छ । एक्सपोमा जोप्पोको कलर एफ ५, ह्वावेको जिआर ५ २०१७, सामसुंगको सि नाइन प्रो, जियोनीको एस सिक्स एस, लाभाको ए३, कलर्सको पि ८५ प्लस, डिटिसीको गियर म्याक्स, ओबीआईको एस एफ १.५, जेडटिईको एक्सजोन मिनी, ओप्पोको एफ वान एस मोडलका स्मार्टफोनहरु विशेषरुपमा प्रदर्शन तथा बिक्रीका लागि राखिने आयोजकहरुले बताएका छन् ।

मोबाइल एक्स्पो