समाचार

पैसा र पावर छ भने विशेष अदालतमा मुद्धा जित्ने तरिका ल्यारक्यालसँग सिक्नु पर्ने रहेछ

पैसा र पावर छ भने विशेष अदालतमा मुद्धा जित्ने तरिका ल्यारक्यालसँग सिक्नु पर्ने रहेछ

काठमाडौं । करिब ९ करोड ४४ लाख रुपिँया बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपसहित नेकपा माओवादी केन्द्रका सासंद ल्हारक्याल लामाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्धा विशेष अदालतले ६ महिनामा नै टुङग्यायो । ३० बैशाख ०७३मा दायर दायर मुद्धा ३० कात्तिकमै किनारा लाग्यो । जब कि, चार वर्ष पुराना साढे २ सय भन्दा बढी त्यही अदालतमा विचारधिन छन् ।

लामाले विशेष अदालतका न्यायधिसशत्रय मोहनरमण भट्राई, प्रभा बस्नेत, र महेशप्रसाद पुडासैनीको ईजलासले गरेको फैसलाबाट सफाई पाए । अख्तियारले अवैध दावी गरेको उनको सबै सम्पत्ति वैध ठहरियो । विशेष अदालत ऐन,२०५९ को दफा १६ अनुसार मुद्धा दायर भएके ६ महिनाभित्र भष्ट्राचार मुद्धाको टुगाें गरिसक्नुपर्छ ।

ठिक ६ महिना पुगेकै दिन उनको मुद्धा फैसला हुदाँ ऐनको प्रावधान त पालना भयो तर विशेष अदालतमै चार वर्षदेखि धाईरहेका अन्य मुद्धा पक्षहरुले लामाको मुद्धा फैसला प्रति जिब्रो टोके । कारण थियो, हत्पती कानुनले तोकेको म्यादभित्र मुद्धा नछिन्ने विशेष अदालत सांसद लामाको मुद्धा भने समयमै छिनिएको थियो । –नेपाल साप्ताहिकबाट