समाज

त्रिशूली नदीमा ट्रक खस्दा चालकको मृत्यु

त्रिशूली नदीमा ट्रक खस्दा चालकको मृत्यु
माघ–७ । पृथ्वीराजमार्गअन्तर्गत धादिङको जोगिमारा गाविस–१ हुग्दी खोलामा शुक्रबार ट्रक त्रिशूली नदीमा खस्दा चालकको मृत्यु भएको छ । चितवनबाट काठमाडाैँतर्फ आउँदै गरेको बा ६ ख ७३७० नं को ट्रक त्रिशूली नदीमा खस्दा मकवानपुर जिल्ला मदनपोखरीका ३० वर्षीय चालक विवेक थिङको मत्यु भएको प्रहरीले जनाएको छ । चालकको उपचारका लागि अस्पताल लाँदै गर्दा मृत्यु भएको थियो । सोही गाडीका सहचालक १६ वर्षीय रोजन तितुन घाइते भएकाले राजमार्ग सामुदायिक अस्पताल मलेखुमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस  

ट्रक त्रिशूली नदी
ADVERTISEMENT