प्रविधि

फिशिंग वेबसाइटबाट चोरी हुँदैछन् जिमेलका डाटा, यसरी बच्नुहोस ह्याकिंगबाट

फिशिंग वेबसाइटबाट चोरी हुँदैछन् जिमेलका डाटा, यसरी बच्नुहोस ह्याकिंगबाट
कतै तपाईंको जिमले एकाउन्ट ह्याक त भएको छैन ? फिशिंग स्पैमको माध्यमबाट एकाउट ह्याक भएको हुन सक्छ । सेक्योरिटी एक्सपर्ट्सले यस्तै फिशिंग स्पैम पत्ता लगाएका छन् । जसको माध्यमबाट जिमलेको यूजर नेम र पासवर्ड ह्याकर्ससम्म पुग्छ ।
ह्याक कसरी हुन सक्छ ? कसरी ह्याकर्सले फिशिंग वेबसाइटका माध्यमबाट जिमलेका डाटा चोरी गरिरहेका छन् भन्ने ओडफेन्सले एउटा ब्लग पोस्टमा बताएका छन् । यनका अनुसार ह्याकर्सले पहिला यूजरलाई फिशिंग साइटहरुका लिंक मेलबक्समा पठाउँछन् । यो सामान्य फाइल जस्तो देखिन्छ । युजरले यस्ता फाइलमा क्लिक गर्दा उक्त लिंक फिशिंग साइटमा पुग्दछ जनु जिमलेको साइन इन पेज जस्तो देखिन्छ । युजरलाई लाग्छ उनीहरुको एकाउन्ट बन्द भयो । त्यसपछि उनीहरु पुनः उक्त साइटमा लग इन गर्दछन् । त्यसपछि युजरको सबै जनाकारी ह्याकरसम्म पुग्दछ ।
कसरी बच्ने सधैँ आफ्नो इन्टरनेट एक्सप्लोरको इड्रेस बारको सिक्योर साइटको चिन्हलाई जाँच गर्नु पर्दछ । एड्रेस बारमा हरियो रंगको ताला देखिन्छ जुन सिक्योर साइटको सूचक हो ।

Fishing Website Gmail