खेल

युवराज सिंहको ६ वर्षपछि शतकीय प्रहार

युवराज सिंहको ६ वर्षपछि शतकीय प्रहार
माघ–६ । भारतीय क्रिकेटर युवराज सिंहले ६ वर्षपछि शतक पूरा गरेका छन् । तीन वर्षपछि भारतीय एकदिवसीय टिममा फर्किएका युवराजले इङ्ल्यान्डविरुद्धको दोस्रो एकदिवसीयमा ९८ बलमा शतक पूरा गरेका हुन् । युवराजको एकदिवसीयमा यो चौधौं शतक हो । तीन वर्षपछि भारतको एकदिवसीय र टी–२० टिममा फर्किएका युवराज सिंहले इङ्ल्यान्डविरुद्धको खेलमा शतक प्रहार गरेपछि भावुक बनेका थिए । उनको शतक प्रहारपछि भारतीय क्रिकेट सदस्यले उठेर सम्मान पनि गरेका थिए । उनको ९८ बलमा १२ चौका र १ छक्काको सहयोगमा १०० रन पूरा गरेका हुन् । यस्तै उनले पूर्व कप्तान महेन्द्रसिंह धोनीसँग शतकीय साझेदारी पनि गरेका छन् । यी दुई खेलाडीको एकदिवसीयमा यो दशौं शतकीय साझेदारी हो ।

भारतीय क्रिकेट युवराज सिंह शतक