समाज

२ बोरा कोरेक्ससहित भारतीय र नेपाली पक्राउ

२ बोरा कोरेक्ससहित भारतीय र नेपाली पक्राउ
माघ–५ । जिल्ला प्रहरी कार्यालय सप्तरीले नेपाल ल्याउँदै गरेको २ बोरा कोरेक्ससहित एक नेपाली र एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत सुपौलका शिवनन्दन पोदार र सप्तरी हनुमाननगरका जावेद मिया रहेका छन् । सप्तरी हुनमाननगर बजारमा दक्षिण पूर्व कोशी पलारको बाटो हुँदै अवैध रुपमा लागू ओषध ओसारपोसार भई रहेको सूचनाको आधारमा खटिएको प्रहरीले ३ सय बोतल कोरेक्स फेला पारेको हो ।

कोरेक्स पक्राउ सप्तरी