समाचार

चीन जोड्ने सडक निर्माण रोकियो

चीन जोड्ने सडक निर्माण रोकियो

माघ–१ । सर्वेक्षणविपरीत सडकको अलाइनमेन्ट परिवर्तन गरी अन्यत्रैबाट निर्माण गरेको भन्दै स्थानीयले जोगबनी–किमाथांक सडक निर्माणकार्य रोकेका छन् ।

किमाथांकादेखि तल खनिँदै आएको सडक अलाइन्मेन्टभन्दा फरक भएको भन्देै चेपुवा गाविसका बासिन्दाले काम अवरुद्ध गरेपछि सडक विस्तार रोकिएको हो । सरकारले मुख्य प्राथमिकतामा परेको जोगबनी–किमाथांका ३९० किमीको कोसी सडक निर्माण स्थानीयले रोकपेपछि दुई वर्षभित्र ट्रयाक खोल्दे लक्ष्य पूरा नहुने देखिएको छ । –अन्नपूर्ण पोस्टबाट