राजनीति

संशोधन प्रस्ताव राष्ट्रहित विपरीत : महासेठ

संशोधन प्रस्ताव राष्ट्रहित विपरीत : महासेठ
पुस–१८ । नेकपा (एमाले)का नेता एवम् लोकतान्त्रिक मधेसी सङ्गठनका अध्यक्ष रघुवीर महासेठले संविधान संशोधन प्रस्ताव राष्ट्र र राष्ट्रवासीको हितविपरित भएको बताएका छन् । जनकपुरधाममा साेमबार आयोजित पत्रकार सम्मेलनमा उनले संशोधनमा प्रस्ताव गरिएको सीमाङ्कनले विखण्डनको अवस्था सिर्जना हुनसक्ने बताए । वैज्ञानिक, आर्थिक, विकास र यातायातका दृष्टिकोणलेसमेत सीमाङ्कन उपयुक्त छैन भन्दै उनले भने, “प्रदेशको सीमाङ्कन पहाड र मधेसलाई एकसुत्रमा राखिने किसिमले गर्नुपर्छ ।” मधेसी मोर्चाका नेताहरूको अस्थिर र अदूरदर्शी क्रियाकलापका कारण मधेसीलाई उपेक्षा भइरहेको चर्चा गर्दै उनले नेकपा (एमाले) मधेसीको समृद्धिको पक्षमा रहेको स्पष्ट पारे । रासस

रघुवीर महासेठ संविधान संशोधन प्रस्ताव