समाचार

भारत र पाकिस्तानको लडाइँ, नेपालीलाई सास्ती

भारत र पाकिस्तानको लडाइँ, नेपालीलाई सास्ती
असोज–१४ । भारतले नेपालको सीमावर्ती क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ । raksaul-naka भारत र पाकिस्तानबीचको बढ्दो तनावका कारण भारतसंग सीमा जोडिएका नाकामा घुसपैठ हुनसक्ने भन्दै भारतीय पक्षबाट नेपाल - भारत सीमा नाका रक्सौल, रुपन्देही सीमानाका बेलहिया, बाँके सीमावर्ती रुपैईडिया र कंचनपुर सीमानाका गड्डाचौकीमा चेकजाँचमा कडाई गरेको हो । बिहीबारदेखि भारतीय पक्षबाट चेकजाँचमा कडाई गरेपछि दशैंमा घर फर्किने नेपाली यात्रुलाई सास्ती भएको छ । ओहोरदोहोर गर्नेलाई खानतलासी गर्नेक्रम बढेको छ । दशैं मान्नका लागि घर फर्किने मध्य र सुदुरपश्चिमी पहाडी जिल्लाका नागरिकलाई सास्ती भएको उनीहरुले गुनासो गरेका छन् ।

Bharatko Ladai nepal Nepalilai sasti Pakistan