समाचार

सरकारले उपचारका नाममा लाखौं बाड्यो (सूचीसहित)

सरकारले उपचारका नाममा लाखौं बाड्यो (सूचीसहित)
असाेज १३ । सरकारले उपचारका नाममा लाखौं रुपैयाँ बाँडेको तथ्य सार्वजनिक भएको छ । नेपाल आजलाई प्राव्त सूचीअनुसार सरकारले उपचारका नाममा एक करोड तीन लाख बाँडेको हो । असोज २ गतेको मन्त्रिपरिषद्को बैठकले विभिन्न जिल्लाका ४४ जनालाई उपचार खर्चका नाममा सो रकम दिएको हो । सरकारले मितव्यिता अपनाउने बताइरहँदा उपचार खर्च बाँडिएको तथ्य फेला परेको हो । सरकारले आर्थिक सहायताका नाममा राज्यकोषबाट गृहमन्त्रालयको प्रस्तावमा ५० हजारदेखि पाँच लाखसम्म बाँडेको हो । जथाभावि पैसा बाँडेको भन्दै व्यवस्थापिका संसदको अर्थ समितिले कार्यविधी बनाएर मात्रै वितरण गरन भने थियो । तर, अहिलेसम्म कार्यविधि बन्न सकेको छैन । यता सरकारले विना आधार उपचारको नाममा आफू निकट व्यक्तिलाई राज्यकोषबाट करोडौँ रुपैयाँ बाँडिरहेको छ । यसअघि केपी ओली नेतृत्वको सरकारले राज्य कोषको दुरुपयोग गरेको भन्दै चर्को आलोना भएको थियो । वर्तमान सरकारले भने एकै दिनमा आफू निकट व्यक्तिलाई ठूलो रकम वितरण गरेको हो । prachanda1 prachanda  

mantri parisad Nepal Sarkar paisa badyo Thagi upachar

विशेष