समाचार

नेपाली विमानमा सामसुङ ग्यालेक्सी नोट ७ प्रयोगमा प्रतिबन्ध

नेपाली विमानमा सामसुङ ग्यालेक्सी नोट ७ प्रयोगमा प्रतिबन्ध
असोज - १२ । यती एयरलाइन्सले आफ्नो विमानमा सामसुङ ग्यालेक्सी नोट ७ प्रयोगमा प्रतिबन्ध गरेको छ । samsung-galaxy-note-7-widgets-2-1500x1000 पछिल्लो समय ग्यालेक्सी नोट ७ को ब्याट्रीमा समस्या देखिएको छ । र, विभिन्न देशमा ब्याट्री पड्किएको घटना सार्वजनिक भएको छ । सामसुङले पनि कमजोरी स्वीकार गर्दै बजारमा गइसकेको यो फिर्ता लिने घोषणा गरिसकेको छ । यती एयरलाइन्सले सूचना जारी गरी विमानमा यात्रा यर्दा सामसुङ ग्यालेक्सी नोट ७ प्रयोग नगर्न भनेको छ । साथै फ्लाइट मोडमा राख्न समेत पाइनेछैन । यात्रुसँग यो फोन भएमा स्वीच अफ गरेर हाते झोलामा राख्नु पर्ने एयर लाइन्सले जनाएको छ ।

pratibandha ssamsung galaxy note 7 yeti airlines