विदेश

४८ घण्टे अल्टिमेटपछि पाकिस्तानी कलाकार फवाद खानले भारत छाेडे

४८ घण्टे अल्टिमेटपछि पाकिस्तानी कलाकार फवाद खानले भारत छाेडे
असोज ११ । कश्मिरको उरीमा आतंकवादी हमला भएपछि महाराष्ट्र नवनिर्माण सेना (मनसे) को धम्कीपछि पाकिस्तानी कलाकार फवाद खानले भारत छाडेका छन् । farad-khan समाचार अनुसार उनी चुपचाप भारत छाडेर पाकिस्तान गएका हुन् । उनी अब फेरि भारत नफर्कने बताउँदै पाकिस्तान गएका हुन् । मंगलवार मनसेका कार्यकर्ताहरुले पाकिस्तानी कलाकारहरुलाई साथ दिएको भन्दै करन जोहरको घर बाहिर प्रदर्शन गरेका थिए । जोहरले पाकिस्तानी कलाकरलाई सघाएको भन्दै रिसाएका उनीहरुले करनको केही दिनअघि सार्वजनिक गरेको भनाई प्रति आक्रोशित थिए । पाकिस्तानी कलाकारलाई दिइएको धम्कीप्रति जुही चावलाले भनेकी छन् ’हाम्रो बुद्धि भ्रष्ट भइरहेको छ । यो जे भइरहेछ, नराम्रो भइरहेको छ ।’ ’हामी समस्यालाई जडबाटै मेटाउने कोशिसमा छैनौं’, उनले भनेकी छन् ’हामीले आफ्नो सोच्ने तरिकामा परिवर्तन गर्नु जरुरी छ ।’ मनसेले २४ सेप्टेम्बरमा पाकिस्तानी कलाकारलाई ४८ घन्टाभित्र देश छोड्न धम्की दिँदै यदि भनेको नटेरेमा लखेटेर पठाउने चेतावनी दिएको थियो । राज ठाकरेको पार्टीले शाहरुख खान र करन जोहरलाई पनि ’रईस’ फिल्ममा पाकिस्तानी कलाकालाई काम दिलाएकोमा चेतावनी दिएको थियो । तर पनि मुम्बई पुलिसले यी कलाकारलाई सुरक्षाको प्रत्याभूति दिलाउने बताएको छ । एक टीभी अन्तर्वार्तामा फिल्म निर्माता करनले पाकिस्तानी कलाकारमाथि प्रतिबन्ध लगाउँदैमा आतंकवादको समस्या हल नहुने बताएका थिए । ’म मानिसहरुको आक्रोश र रिसलाई सम्झन्छु’, उनले भने, ’पाकिस्तानबाट आएका कलाकारमाथिको प्रतिबन्ध आतंकवादको समाधान होइन ।’ करनले यो तरिकाबाट समस्या कहिल्यै नसुल्झने बताएका थिए । ’मलाई लाग्छ, यस तरिकाबाट समस्याको समाधान हुँदैन’, उनले भने, ’कलाकार विश्वभर प्रेमको सन्देश दिन्छन् । जब म कलाकारमाथि यस्तो भएको देख्छु, डर त लाग्छ नै सँगै रिस पनि उठ्छ ।’

Farad Khan India Juhi chalwa Pakistan