प्रविधि

अफरका साथ जेडटिईको नयाँ मोबाइल बजारमा

अफरका साथ जेडटिईको नयाँ मोबाइल बजारमा
असोज–१० । जेडटिई कम्पनीले प्रिमियम मिडरेन्ज स्मार्टफोनको रुपमा ‘जेडटिई ब्लेड एस ७’ बजारमा ल्याएको छ । अधिकृत विक्रेता इभोलुसन इन्टरप्राइजेजले सो मोबाइल खरिदमा ‘दसैं क्यास ब्याक अफर’ समेत सार्वजनिक गरेको छ । zte-mobile दसैं अफरमा क्यास डिस्काउन्टसहित २४ हजार ५ सय रुपैयाँ पर्ने मोबाइलमा ५ इन्चको फुल एचडी डिस्प्ले रहेको जनाएको छ । फोनमा अगाडि र पछाडि दुवै साइजमा कोर्निङ गोरिल्ला ग्लास– ३ को सुरक्षा रहेको छ । फोनमा दुवैतिर १३–१३ मेगपिक्सलको क्यामेरा प्रयोग गरिएको विज्ञप्तिमा उल्लेख छ । स्मार्टफोनमा ३ जिबी रहेकोमा एसडी कार्डको प्रयोग गरेर १ सय २८ जिबीसम्म एक्स्टर्नल मेमोरी बढाउन सकिने कम्पनीले जनाएको छ । एन्ड्रोइड ललिपप ५.१ अपरेटिङ सिस्टममा चल्ने फोनमा २ हजार ५ सय एमएएच ब्याट्री प्रयोग गरिएको र ३ जिबी ¥याम र ३२ जिबीको इन्टरनल स्टोरेज रहेको कम्पनीले बताएको छ । ZTE Mobile in nepal