स्वास्थ्य

टन्सिलका कारण, लक्षण तथा बच्ने उपायहरु

टन्सिलका कारण, लक्षण तथा बच्ने उपायहरु
असोज ९ । चिसो मौसम र धुलो र धुँवामा बस्दा मानिसलाई घाँटी दुख्ने गर्छ । तर, कहिले काहीँ टन्सिलका कारण पनि घाँटी दुख्ने तथा केही निल्दा र बोल्दा अप्ठ्यारो हुने तथा श्वासप्रश्वासमा पनि पीडा महशुस हुने गर्छ । गर्मीबाट चिसो मौसम परिवर्तनसँगै टन्सिलको समस्या धेरैमा देखिने गर्छ । प्रायः चिसो मौसममा टन्सिलले सताउने गरेको गुनासो धेरैको हुन्छ । tonsil-exam टन्सिल के हो ? टन्सिल मुखको भित्री भाग जिब्रोको अन्तिम भागतिर नाकको बीचमा रहेको हाडमा रहेको हुन्छ । टन्सिलबाट लिम्फोसाइट र मोनोसाइट नामक दुई कोषको निर्माण हुन्छ जुन हाम्रो रोग प्रतिरोधात्मक क्षमताको महत्वपूर्ण अंश हो । साथै टन्सिलले निर्माण गर्ने म्याक्रोकाज नामको कोषले शरीरभित्र प्रवेश गरेका जीवाणुलाई नष्ट गरेर हामीलाई रोग लाग्नबाट बचाउँछ। विभिन्न कारणले गर्दा यी टन्सिलमा संक्रमण भएर सुन्निनुलाई नै टन्सिलाइटिस भनिन्छ । टन्सिलका कारणहरु मुखको दुवैभाग तथा जिब्राको फेदमा दुई ओटा लिम्फ हुन्छन् । सुरुमा यिनै लिम्फमा संक्रमण भएपछि टन्सिलसम्म असर पुग्छ । सुरुवाती अवस्थामा लिम्फमा हल्का दुखाइ भएपनि विस्तारै तन्तुहरु पाकेर पिप भरिन थाल्छ र टन्सिलसम्म संक्रमण हुन्छ । टन्सिल हुने कारण एउटै छैन् । कसैलाई चिसो खानेकुरा खाँदा टन्सिल हुन्छ भने कसैलाई अमिलो र पिरो बढी खाँदा पनि टन्सिल हुने गर्दछ । कसैलाई एलर्जीले पनि टन्सिल हुने गर्दछ । मुख र दाँतको राम्रो सफाइ नहुँदा तथा वातावरणीय प्रदूषणको प्रभावले एलर्जी गराएर टन्सिल हुन्छ । यस्तो अवस्थामा ब्याक्टेरियल संक्रमण पनि हुन सक्छ । यसका लक्षणहरु १.सुरुमा बिरामीलाई घाँटीमा अफ्ठयारो हुनु । २.भोक नलाग्ने र अल्छि लाग्न गर्छ । ३.बिस्तारै ज्वरो आउन थाल्छ । ४.टन्सिलहरु सुनिएको र रातो रातो देखिन्छ । ५.पिप बग्ने वा सुजन हुनसक्छ । उपचार तथा बच्ने उपाय चिसो तातो नमिलेर भएको टन्सिल सुरुवाती अवस्थामै केयर गरे घरमै निको पार्न सकिन्छ । घरायसी उपाय अपनाएर आराम लिन सकिन्छ । तर कतिपयलाई टन्सिल दोहोरिरहन्छ । सुरुवाती अवस्थामा एक पटक भन्दा बढी टन्सिल भएमा चिकित्सककहा गएर एन्टिबायोटिक खादा पनि ठीक हुन्छ । तर खाना निल्न र सास फेर्न गाह्रो छ भने अस्पतालमा बसेर इन्जेक्सनबाट औषधी लगाउनुपर्दछ । १.आराम गर्नु पर्छ । २.झोल कुराहरु खानु पर्छ । ३.ज्वरो कम गर्ने र दुखाई कम गर्ने एनेल्जेसिक दिनुपर्छ । ४.चिसो र चिल्लो वाट टाडै रहनु पर्छ । यी बाहेक अन्य लक्षण र निदानका अरु उपाय पनि हुन सक्छ । घाँटीमा असहज भएका चिकित्सकसँग भेटगरी उनीहरुको सल्लाहमा उपचार गरे सबै भन्दा उत्तम हुन्छ ।

Health toncil