समाचार

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा कती फुर्सदिला, एउटै टेलिभिजनलाई दुइथरी अन्तर्वार्ता (भिडियो सहित)

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा कती फुर्सदिला, एउटै टेलिभिजनलाई दुइथरी अन्तर्वार्ता (भिडियो सहित)
prachanda-interview-nwpalaaja
असोज १ । चारदिने औपचारिक भारत भ्रमणमा निस्किएका प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड दिल्लीमा फुर्सदिला जस्तै देखिएका छन् । उनले भारतको डिडि न्युज टेलिभिजनमा पटक पटक अन्तर्वार्ता दिएका छन । अन्र्तवार्तामा प्रचण्डले नेपाल भारतको समबन्ध युनिक रहेको र यस्तो सम्बन्ध अरु देशसंग तुलना गर्न नमिल्ने बताएका छन । भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशंशा अन्र्तवार्तामा प्रचण्डले खुलेर गरेका छन । उनले अन्र्तवार्ता दिएको हेर्दा कुनै सुटिङको जस्तो देखिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले अंग्रजी भाषा र हिन्दीमा अन्र्तवार्ता दिएका छन् । भारतिय च्यानलले उक्त अन्तर्वार्ताको प्रत्यक्ष प्रशारण सम्म गर्न भ्याएको थियो । अन्र्तवार्तामा प्रचण्डले भारतसंग भरपुर विस्वास र भावनात्मक सम्बन्ध रहेकाले युगौ गुगसम्म यस्तो सम्बन्ध कायम राख्न आफु लागी पर्ने बताएका छन । भुगोल , ईतिहास र सस्कृतीले जोडेको सम्बन्ध भएकाले भारत नेपालको दाई भन्दै प्रचण्डले भाइलाई सहयोग गर्न अन्र्तवार्ता मार्फत भारतसमक्ष आग्रह गरेका छन । आफ्नो मर्यादालाई त्यागेर उनले एउटै टेलिभिजनमा फरक फरक भाषामा अन्तर्वार्ता दिएको परराष्ट्र जानकारहरु बताउंछन् । यस अघि प्रधानमन्त्री पत्नी सीता दाहालले कुटनैतिक मर्यादाको ख्याल नगरेको भन्दै चर्को आलोचना भएकोे छ ।
► अंग्रजी भाषामा  [embed][/embed]
► हिन्दी भाषामा [embed][/embed]