समाचार

'नेपालको अर्थतन्त्र नेपालीको हातमा छैन' अर्थमन्त्री महरा

'नेपालको अर्थतन्त्र नेपालीको हातमा छैन' अर्थमन्त्री महरा
krishna mahara भदाै - ३१ । उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महराले नेपालको अर्थतन्त्र नेपालीको हातमा नरहेको बताएका छन् । आर्थिक पत्रकार समाजको १७औं वार्षिक साधरणसभाको उद्घाटन गर्दै उनले आफ्नो अनुभव सुनाए। अर्थमन्त्री महराले भने, ‘मन्त्रालय सम्हालेको डेढ महिनाको अनुभवले मुलुकको अर्थमन्त्री नेपालीको हातमा नरहेको थाहा पाए।’ महराले अर्थतन्त्र नेपालीको हातमा ल्याउन कोशिस गर्नुपर्ने बताएका छन् । उनले राजनीतिजस्तै अर्थतन्त्र पनि फेल हुने अवस्थामा पुगेको बताए। नेपाल राष्ट्र बैंकका गर्भनर डा.निरञ्जिवी नेपालले दैनिक पत्रिकाहरुमा छापिएको समाचार हेर्दा नै लाज लाग्ने बताए। उनले भने, ‘पत्रकारहरुले अव पैसा झार्ने कल्पनाले समाचार लेख्नु भएन।’ उनले अघिल्लो पटक भन्दा ८७ करोड रुपैयाँ सस्तोमा नोट छपाएको विषय समाचार नबनेको गुनासो गरेका छन् ।

Krishna Bahadur Mahara