खेल

एभर्टनद्वारा ५ वर्षे बालकलाई आर्थिक सहयोग

एभर्टनद्वारा ५ वर्षे बालकलाई आर्थिक सहयोग
avertion भदौ - २८ । इंग्लिस क्लब एभर्टनले क्यान्सर पीडित पाँच वर्षे बालकको उपचारका लागि आर्थिक सहयोग गरेको छ । एभर्टनले न्युरोब्लास्टोमाको उपचार गराइरहेका बालक ब्राडली लोवेरीको उपचारका लागि दुई लाख पाउण्ड (२८ करोड ५५ लाख नेपाली रुपैयाँ) सहयोग गरेको हो । पाँच वर्षका ब्राडलीको परिवार उनको उपचारका लागि आवश्यक सात लाख पाउण्ड संकलन गर्ने अभियानमा लागेको छ । ब्राडलीले प्रिमियर लिग अन्तर्गत सोमबार राति सन्डरल्याण्ड र एभर्टन बिचको खेलमा मैदान छिर्ने क्रममा सन्डरल्याण्डका खेलाडीको नेतृत्व गरेका थिए । ब्राडलीले खेल सकिएपछि खेलको क्रममा खेलाडीले लगाएका जर्सीमा हस्ताक्षर गरेका थिए । एभर्टनले ती जर्सी लिलामीमा राख्ने छ । सन्डरल्याण्डका फ्यानलाई एभर्टनले सहयोग गरेको हो । abortion2 abortion abortion1 abertion

avertion Cancer help