समाचार

उपप्रधानमन्त्री महरा चीन प्रस्थान

उपप्रधानमन्त्री  महरा चीन प्रस्थान
krishna mahara भदाै - २५ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महरा ‘तेस्रो चाइना– तिब्बत पर्यटन तथा संस्कृति प्रदर्शनी’ मा भाग लिन शनिबार चीनतर्फ प्रस्थान गरेका छन् । छ दिनसम्म तिब्बतको ल्हासामा चल्ने उक्त प्रदर्शनीको उद्घाटन गर्न उनी चीन गएका उनका प्रेस सल्लाहकार त्रिभुवन पौडेलले राससलाई जानकारी दिए । उक्त सम्मेलन यही सेप्टेम्बर ९ तारिखदेखि १६ सम्म हुँदैछ । उद्घाटनलगत्तै उनी आइतबार नेपाल फर्कने कार्यक्रम रहेको छ ।

China Krishna Bahadur Mahara