समाचार

ज्योतिषको चेतावनी, ‘लेखेर राख्नुहोस्, प्रधानमन्त्री प्रचण्डले ३० गते भारत भ्रमण गरे अनिष्ट हुन्छ’

ज्योतिषको चेतावनी, ‘लेखेर राख्नुहोस्, प्रधानमन्त्री प्रचण्डले ३० गते भारत भ्रमण गरे अनिष्ट हुन्छ’

भदाै - २४ ।  नेपाल ज्योतिष पत्रकार संघको संस्थापक अध्यक्ष तथा ज्योतिष भविष्य बाणी संघको प्रधान सम्पादक रहेका रेग्मीले प्रधानमन्त्रीको भारत भ्रमण जुनसुकै हालतमा रोक्नुपर्ने बताएका छन । प्रधानमन्त्री प्रचण्डले भदौ ३० गते भारत भ्रमण गरे मुलुकमा अनिष्ट हुँने उनले चेतावनी दिएका छन् । नेपाल आजसँगको कुराकानीमा उनले भने ‘यो भ्रमण कुनै पनि हालतमा देशको लागी फलिफाप हुँदैन । भदौ ३० गतेको यात्रा दक्षिणतिर जादा देशलाई अशुभ रहेको छ ।’ बिहीबार दक्षिणतिर जाँदा कहिलेपनि फलिफाप नहुने भन्दै उनले यसपटकको बिहीबार झनैं असुभ रहेको जनाए ।

उनको तर्क छ । प्रचण्ड पहिलो पटक प्रधानमन्त्री हुँदा आफुले गरेको भविष्यवाणी मिलेको उनको दाबी छ । रुक्माङ्गत कटवाललाई कारबाही गर्दा सरकार ढल्ने भविष्यवाणी गरेको उनले बताएका छन् । ‘त्यो रेकर्ड रेडियो तरंग पोखराबाट लिन सकिन्छ ज्योतिष भविष्य बाणीमा छापेको हेर्न पनि सकिन्छ ।’ उनले दाबीको प्रमाण प्रस्तुत गरे ।

‘भदौ ३० को भारत भ्रमण केही गरेर रोक्न नसके, २१ वटा दुबो २१ वटा स्वामीको पात, २१ वटा लड्डु भगवान गणेशलाई चढाएर सम्पुर्ण टोलीले ढोकभेट गरेर गए केही राम्रो हुँने देखिन्छ ।’ रेग्मीले विकल्प सुझाएका छन् । आफुसँग प्रधानमन्त्रीले सल्लाह मागेमा उपयुक्त साइत र विधिका बारे थप प्रष्टाउने उनको भनाइ छ । यात्रामा जादा विहान ७ बजे वा १ बजेपछि भगवान गणेशलाई पुजा गरेर गएमा केही राम्रो हुँने उनले सुझाब दिएका छन् । आफ्नो व्यक्तिगत लिनुदिनु केही नभएको प्रष्टाउँदै उनले भने, ‘प्रधानमन्त्री प्रचण्ड तथा त्यस यात्रामा जाने सम्पुर्णको हितमा बोलेको हुं । बाँकी उहाँहरुकै मर्जी ।’

bharat bharamn jyotish pm puspa kamal dahal prachanda

विशेष