समाचार

ट्रेड फाइनान्सको प्रवद्र्धनमा हिमालयन बैंक अवार्डबाट सम्मानित

ट्रेड फाइनान्सको प्रवद्र्धनमा हिमालयन बैंक अवार्डबाट सम्मानित
himalayen-bank भदौ – २३ । हिमालयन बैंकले ‘टीएफपी अवार्ड २०१६– लिडिङ पार्टनर बैंक इन नेपाल’ बाट सम्मानित भएको छ । एसिया प्रशान्त क्षेत्रमा ट्रेड फाइनान्सको प्रवद्र्धन गरेको भन्दै हिमालयन बैंक अवार्डबाट सम्मानित भएको हो । एसियाली विकास बैंकले प्रदान गरेको उक्त अवार्ड बुधबार सिंगापुरमा आयोजित एक कार्यक्रममा प्रदान गरिएको हो । अवार्ड बैंकका अध्यक्ष मनोजबहादुर श्रेष्ठले ग्रहण गरे ।

award Himalayan Bank