हाम्रो पात्रो विज्ञापन
प्रविधि

सामसुङ माेबाइलमा दशैँ लक्षित अफर

सामसुङ माेबाइलमा दशैँ लक्षित अफर
भदाै – २१ ।  सामसुङले मोबाइलको मूल्य घटाएको छ । नेपालीको महान चाँड दशैँलाइ लक्षित गर्दै सामासुङका विभिन्न माेडेलका माेबाइलकाे मूल्य घटाएकाे हो । Samsung सामसङले आफ्ना विभिन्न माेडेलका मोबाइलहरूमा मूल्य छुटको अफर दिनुका साथै लक्की ड्र मार्फत उपहार प्रदान पनि गर्ने भएको छ । लक्की ड्रमार्फत सामसुङले हरेक दिन एक भाग्यशाली विजेतालाई १ लाख रूपैया प्रदान गर्नेछ । त्यस्तै अन्य तीन जनालाई पनि विभिन्न उपहारहरू प्रदान गर्नेछ । साे अफरअन्तर्गत सामसङले ८६ हजार ९ सय पर्ने ग्यालेक्सी नोट ५ लाई ७६ हजार ९ सय रुपैयामा उपलब्ध गराउने भएको छ । यसैगरि ५० हजार ९ सय पर्ने ग्यालेक्सी ए ७ लाई ४५ हजार ९ सयमा, २७ हजार ९ सय ९० पर्ने ग्यालेक्सी जे ७ लाई २६ हजार ४ सय ९० मा र २३ हजार पर्ने ग्यालेक्सी जे ५ मा २ हजार रूपैया घटाइएर २१ हजारमा दिने बताएकाे छ । यो अफर असोज २० गते सम्मकालागि लागू हुने सामसुङ नेपालले जनाएको छ ।

Samsung mobile samsung mobile price in nepal
ADVERTISEMENT