अपराध सुरक्षा ताजा खबर समाचार समाज

विराटनगरका व्यापारीको क्रुरता पूर्वक हत्या

विराटनगरका व्यापारीको क्रुरता पूर्वक हत्या

Hataya ghar

भदौ २१ । विराटनगरको तिनटोलियामा अक्सफोर्ड होस्टल सञ्चालन गरिरहेका विजय यादवको क्रुर रुपमा हत्या गरिएको छ । २१ वर्षका यादवलाई ठूलो कट्टीले शरिरबाट टाउँको र दुबै खुट्टा काटेर अलग पारी हत्या गरिएको हो ।

ओमकार श्रेष्ठको घरको तल्लो तलामा भाडा लिएर बसिरहेका यादवको हत्यापछि उनको शवलाई एउटा बोरामा बाँधेर राखिएको अवस्थामा प्रहरीले भेटाएको छ । जगदिस यादवको छोरा विजय केही दिनअघि मात्रै उक्त घरमा डेरा सरेका थिए । घरपट्टि श्रेष्ठ सपरिवार धनकुटा गाउँमा पुगेको बेला यादवको हत्या गरिएको हो । घरपट्टि श्रेष्ठ आवश्यक कामले चार दिनअघि धनकुटा पुगेका थिए ।

हत्याको खबर पाएपछि उनीहरु विराटनगर फर्किएका छन् । ‘इराकमा आंतककारीहरुले जसरी घाँटी छिनाएर मानिसको हत्या गर्छन, ठीक त्यही प्रकृतिले यादवको हत्या गरिएको छ,’ हत्या अनुसन्धानमा खटिएका मोरङ प्रहरीका एक अधिकृतले भने, ‘यस्तो क्रुर हत्या मैले देखेको थिइँन् ।’ नेपाल प्रहरी र सशस्त्र प्रहरीको टिमले अहिले त्यो घरलाई सिल गरेर हत्याको अनुसन्धान गरिरहेको छ ।

घरबाहिर ठूलो संख्यामा सर्वसधारणको भीड छ । शरीरबाट टाउको र दुबै खुट्टा अलग पारेर काटेर हत्या गरिएका विजयको मृत शरीर त्यही गाडीमा राखेर गायब पार्ने योजनाअनुसार गाडी मगाइएको प्रहरीको अनुमान छ । स्रोतका अनुसार बोरामा बाँधिएको अवस्थामा लाश देखेपछि गाडीका चालकले नै हत्याबारे प्रहरीलाई खबर गरेको थियो ।

hatya