समाचार

नेपाल जापान सम्बन्धको ६० वर्ष, कार्यक्रम यस्तो देखियो (फोटो फिचर)

नेपाल जापान सम्बन्धको ६० वर्ष, कार्यक्रम यस्तो देखियो (फोटो फिचर)
nepal-japan-friendship-nepalaaja-1 भदौं १९ । नेपाल जापान फ्रेन्डसिप सोसाईटीद्धारा होटल याक एण्ड यतीमा शनिवार सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ । सस्थाले विगत १४ वर्षदेखि नेपालमा विभिन्न कार्यक्रम गर्दै आएको छ । सो कार्यक्रको निरन्तरता दिन यो वर्ष पनि विभिन्न कार्यक्रम आयोजना भएको हो । nepal-japan-friendship-nepalaaja-6 कार्यक्रम नेपाल जापान कुटनितिक सम्बन्धको ६० औ वर्ष पुगेको उपलक्ष्यमा आयोजना गरिएको हो । कार्यक्रमा बौल्दै जापानको ‘आकाफुजी दाईको’ टिमको नेतृत्व गरेका ‘हिरोमी इसिओकाले’ नेपालमा कार्यक्रमहरु गर्न पाउँदा खुसी लागेको बताए । नेपाल जापान फ्रेन्डसिप सोसाइटिका अध्यक्ष लेखनाथ घिमिरेले नेपालको लागी उक्त सस्थाले अझै योगदान गर्ने समेत बताएका छन । कार्यक्रममा श्रम मन्त्री सुर्यमान गूरुङ पनि उपस्थित थिए । कार्यक्रममा बोल्दै उनले नेपाललाई जापानले गरेको सहयोग अतुलनिय रहेको बताए । उत्तः कार्यक्रमा नेपालका लागी जापानी राजदुत मासासी ओगावा तथा प्रमुख अतिथी श्रम तथा रोजगार मन्त्री सुर्यमान गरुङले प्रसंशा गरेका थिए । nepal-japan-friendship-nepalaaja-2 nepal-japan-friendship-nepalaaja-4 nepal-japan-friendship-nepalaaja-3 जापानको साँस्कृतिक समुह ‘आकाफुजी दाईको ’ले विभिन्न जापानी सास्कृतिक प्रस्तुती समेत दिएको थियो । उक्त समुहमा ३ पुस्ता कलाकारको सहभागीता थियो । ६० वर्षको कलाकार र ३ वर्षको कलाकारको एउटै प्रस्तुती हेर्न लायक बनेको थियो । नेपालको कुटुम्ब ब्यान्डले पनि कार्यक्रमा आफ्नो मौलिक प्रस्तुती दिएका थिए । सास्कृतिक प्रस्तुती दिएर जापानी कलाकारहरुले दर्शकहरुको मन जितेका थिए । उक्त कार्यक्रमा विभिन्न क्षेत्रका बुद्धिजिवी व्याक्तिहरुको उल्लेख्य उपस्थिती रहेको थियो । कार्यक्रमको प्रायोजन बागमती बोर्डिङ स्कुलले गरेको थियो । nepal-japan-friendship-nepalaaja-5

nepal japan friendship program nepal japan relationship