कला साहित्य

फरजीका विरुद्धमा सत्य पहाडीका कविताहरु (भिडियो सहित)

फरजीका विरुद्धमा सत्य पहाडीका कविताहरु (भिडियो सहित)

satya-pahadi-nepalaaja


सङ्घर्ष गर्न डराउनु हुन्न

सुतेकाहरु उठ्नु पर्छ उठेकाहरु कुद्नु पर्छ दासताका जन्जिर चुँडाल्न पर्छ उन्मुक्त मुठ्ठीहरु उचाल्नु पर्छ । आधा आकाश आधा धरती टुटेको सारा जोड्ने हामी दुःखको सागर पचाएर साहकिो कथा लेखाउने हामी दमन र अत्याचार सहनु हुन्न चुलो र चौकोमा डराउनु हन्न बन्दुक बोकी लडेर संसार हल्लाउन सक्ने वीस्र हामी पथ्थरमा सिर्जन फुलाउँदै सुन्दर संसार सिँगार्न सक्ने हामी मुक्तिको बाटो विराउन हुन्न सङ्घर्ष गर्न डराउनु हुन्न ।


चुलो र चौको कुर्दिन

फर्किएर आए दुःखका दिन आँसुले झोली भिजायो किन भो विरानो सोचेको सपना यो मन सारै विझायो केही साथी हेर्दा देखिन्छन् माथि आफू त उहि ठाँउमा पुरानो भयो यो नयाँ जीवन उही साहुको घर आँगनमा पहिले त थियो सामूहिक जीवन दुःख र कष्ट बाँडिन्थ्यो रोइन्थ्यो सँगसँगै पिर व्यथा साटी सङ्घर्षको दुःख गौरव ठानी मृत्युमा जीवन देखिन्थ्यो सँगैको साथी ढल्दा समाइ झण्डा बन्दुक बोकेर लडिन्थ्यो । आफैले लेखेको वीरताको इतिहास झुलेर अब बस्दिन रगतले साटेको विजयको झण्डा कदापी विर्सन सक्दिन विग्रेको भत्केको हेरेर मात्र यो चुलो चौको कुर्दिन बाँकी छ अझै समानताको लडाईं थाकेर अब हुँदैन साथको हात छुटाइ जाने धिक्कार छ ती साथीहरुलाई कुद्छु म अब यो झोला बोकी सहिदको रगतको कसम खाइ ।


सत्य पहाडीको हालै प्रकाशित फरजीका विरुद्धमा कविता संग्रहबाट सन्देशमुलक यो कविता तीजको सन्दर्भ पारेर यहाँ प्रकाशित गरिएको हो ।

https://youtu.be/5Kr4zqyC4yQ

farajika biruddhama satya pahadi kabita on teej teej kabita