मेरो परिवार मेरो कथा

मलाई जस्तो कुनै आमालाई नहोस् !

मलाई जस्तो कुनै आमालाई नहोस् !
manju-mishra-nepalaaja मंजु मिश्र  दुईघण्टा लामो एबिआर र ओएई (कानको सुन्ने क्षमता परीक्षण) टेस्ट गरीसकेपछि डा. रजत गौतमले मलाई भित्र बोलाए । थापाथलीको ब्लुवर्ड मलमा रहेको स्पीच एण्ड हेयरिगं केयर सेन्टरमा म तीन घण्टा देखि प्रतीक्षारत थिएँ । संचारकर्मी हुंनुका नाताले म हाऊभाऊ बढी नै ख्याल गर्छु । डाक्टर गौतमको मुहारमा निराशा देखिन्थ्यो । तैपनि मन बलियो पारेँ र भगवानलाई सम्झिएँ । ‘मैले सोचिरहेको जस्तो पटक्कै नहोस’ यस्तै सोच्दै डाक्टरका सामुन्ने भारी मन लिएर उभिएँ । “मञ्जु जी, तपाईको नानीले कान सुन्दिनन् । ९९ डिसिवल सम्म पनि उनको कानले कुनैपनि आवाज ट्रेस गर्न सकेन । यो गम्भीर समस्या हो । उनको ब्रेनले कुनैपनि रेसपोन्स गरेको छैन ।” डाक्टरको बोलीले खै कहाँ थिच्यो मलाई, एक्कासि भूईंमा थचारिएछु म । मेरी सानी दुधे नानी लठ्याईएको कृत्रिम निन्द्रमा लामो श्वास फेररिहेकी थिई । यो अवोधलाई खै के गल्तीको सजाय दिंदै थियो भगवान, उही जानोस् । के मेरी छोरी अव बोल्निन् त ? के उसले यो दुनियाँको होहल्ला केई सुन्दिन त ? उसलाई सबैले बहिरी भनेर घोच्छन् त ? कति प्रश्न भट्भटिए मनमा, कति कुरा बल्झिए मनमा । तर त्यो सबैको छिनोफानो डाक्टरले गरिदिए, ‘तपाईकी छोरीले कान सुन्नेवाली छैन ।’ मेरी छोरीको तोते बोलीमा लरबरिएको मामू भन्ने शव्द मैले सुन्न पाउँदिन त ? आमा भएर पनि म उसको मुखबाट आमा शब्द सुन्न सक्दिनँ ? मैले बोलाउने उसका नामहरु डल्लुृ, कालु, फुचू आदि इत्यादि उस्ले सुनेकै छैन् । किन दैवले ममाथी यति ठूलो अन्याय गरेको होला, मन कुडिनु बाहेक अर्को उपाय थिएन । manju-mishra-nepalaaja-1 आफैंलाई पत्तो भएन कति खेर थापाथलीबाट छोरी बोकेर त्रिपुरेश्वर आईपेगेछु । जाममा लागेका मोटरहरुको कानै खाने हर्नहरुले हेक्का पाएँ । मेरी फुच्चू लाम लागेका गाडीहरुलाई टाटा गर्दै हास्दै थिई । उसलाई के थाह ति गाडीहरु केवल आकृतिमात्रै होईनन्, तिनमा आवाजपनि छ भनेर ? छेवैको मोटरसाईकलवालाले एकोहोरो हर्न बजाको सहनै सकिन अनि गाली गरे, के तेरो मात्रै बाईक छ ? जाम भएको देख्दादेख्दै कसलाई बजाएको हर्न ? उसले केही फिस्स हासिदियो । सायद मेरो निधारमै ठूलो अक्षरले अभागी लेखिएको हुँदो हो जस्तो लाग्यो, थामिएँ । यदि आवाज नहुँदो हो त आज मेरी सानी परीलाई आवाजको खाँचो पर्दैन थियो । यि आवाजहरु एकाएक हराए कस्तो होला ? मनमा अगम्य कल्पना र बेसुरा तर्कहरु तछाडमछाड गरीरहे घर नपुगुन्जेल । मुटु पनि ट्रान्सप्लाण्ट गर्न मिन्छ रे अचेल । किड्नीको पनि डाइलोसिस हुन्छ । आँखापनि अरुको राख्न सकिन्छ तर कान नसकिदो रहेछ । मिल्थ्यो त आप्ःना दुबै कान काटेर डाक्टरलाई दिन्थेँ छोरीकोमा जोडीदेऊ भनेर । तर हुँदैन । सायद यसैलाई भन्छन अभागीपन । भोलिपल्ट रिर्पोट लिन बोलाएका थिए डाक्टरले, मनमा लाग्यो के था कतै फरक रिर्पोट आउँछकी । छोरीले कान सुन्न सक्नेछिन् भन्छन् की ? त चिता म पुराउँछु भन्छन् रे भगवान, मैले चिताएको पूरा हुन्छ की । मनको एउटा कुनामा आशा जिवितै थियो । रिर्पोटमा प्रस्ट लेखिएको थियो कान नसुन्ने कुरा । (हियरिगं एड) कान सुन्न सघाउँने यन्त्र जोड्ने सल्लाह दिए रजत गौतमले । अनि स्पिचथेरापी गर्न पनि भने । आमाको मन कति लाचार हुन्छ, कति संकालु पनि हुँदो रहेछ । मैले अरु डाक्टरलाई देखाउँने निधो गरेँ । छोरीमा सुन्न सक्ने क्षमता छ भन्ने रिपोर्ट चाहिएको थियो मलाई । लोकन्थलीस्थित चियर्स अस्पतालकी इएनटी डाक्टर उजेली मोक्तानले पनि त्यही रिर्पोट निकालीन जो डा. रजत दिएका थिए । करिव एक महिना धाएपछि नानीको कानमा सुन्ने यन्त्र राखीयो तर नतिजा उही । उसले सुन्न सकिन । डा. उजेलीले अनेक प्रयास गरिन् । म नाइनास्ती गरिरहेँ । डाक्टरका लागि मेरो मातृत्वमा आधारित तर्क बेतुक हुन्थे । तर, म जिद्धि गरिरहन्थेँ । उनी मलाई कहिले सम्झाउँदै त कहिले झर्पार्दै भन्थिन्, “तपाईको बच्चाले मात्रै नसुन्ने हो र संसारमा ? यहा कति छन् हाम्रो पुर्नस्थापनाकेन्द्रमा कान नसुन्नेहरु ।” के म यसरी मन बुझाउन सक्छु ? मेरो लागि त मेरो संसारनै मेरो छोरी हो, यसले आवाज सुन्दिन भने उसले शव्द बोल्दिन भने मेरा लागि संसारै बहीरो र लाटो छ । डाक्टर उजेलीका अनुसार छोरीलाई तुरुन्तै कोक्लेयर इम्प्लाण्ट गर्न सकियो भने उसले सुन्ने सम्भावना छ । तर नेपालमा त्यो इम्प्लाण्ट गर्न २० देखी २५ लाख खर्च लाग्छ, टिचिगं हस्पिटल महाराजगञ्जले मात्रै यस्तो शल्यक्रिया गर्दछ । नेपालमा करिव ७५ बच्चाहरुमा कोक्लेयर इम्प्लाण्ट गरिएको रहेछ । तर मेरा लागि यो विकल्प उसले कान नसुन्ने जतिकै पीडादायी भएको छ । हुनत प्राय अशुभ घटनाहरुका पूर्वसंकेत भैरहन्छन् । मेरो छोरीमा जन्मजात केही खोट देखिन सक्छ भन्ने डर ऊ गर्भमा छँदै लागेको थियो । हरेक बिहान बाझाबाझबाट उदाउंथ्यो । हरेक रात ढोका ठोकेको जोडको आवाजले अध्यारिन्थ्यो । सम्बन्ध, परिवार र प्रेम कसैलाई चाहिएको थिएन । दुई जीऊकी म आप्ःनो सन्तान कुरीरहेकी थिएँ, धेरै आँशुहरु पिउँदै म आमा बनेपछिको खुशी पर्खिरहेकी थिएँ । आमा बनेपछि जीबन छोरीका लागि भएपनि जिऊँन मन लाग्ने भयो । कम्तिमा संसार छाडिहाल्ने सोच हरायो । तर, छोरीले दिएको खुशी धेरै रहेन । जब ऊ केही महिनाकी भइ उसको हाउभाउ असामान्य देखियो । बोलीको विकास हुन सकेन । बोलाउँदापनि कुनै प्रतिक्रिया दिइन । गर्भावस्थामा ममा छाएको डरले मेरी अवोध छोरी शिकार भइ । मेरो तनावले उसमाथि असर गर्यो । मैले केही महिना तनावबाट मुक्त रहने प्रयास गरेको भए सायद छोरीले जीबनभर तनाव लिन पर्दैनथ्यो । मैले परिवार छोड्न सकिनँ । बदलमा छोरीले सुन्न सकिन । मैले एउटा गतिलो पाठ सिकेँ । यो पाठ मेरा लागि गल्ति गरिसकेपछि दैलो देखेजस्तो भएको छ । अरुका लागि काम लाग्न सक्छ । तपाई गर्भे हुनुहुन्छ भने तनाव लिंदै नलिनुहोस् । घरै छाडेर बाहिर बस्नुहोस् तर तनावमा नबस्नुहोस् । म अहिले पछुताइरहेकी छु । अबोध सन्तानको यस्तो नियती हेर्न कोही आमालाई नपरोस् । म कस्ति अभागी रहेछु, गर्भे हुँदाको तनावले छोरीमा समस्या देखियो तर समस्या सुल्झाउने सामाथ्र्य छैन । अब यस्तो कसैलाई नहोस् ।

malai jasto kunai aamalai nahos manju mishra ko pida