मेरो परिवार मेरो कथा

परिवार नै रित्तो पारेर दुई दाजुभाइले संसार छाडेको हृदयविदारक घटना

परिवार नै रित्तो पारेर दुई दाजुभाइले संसार छाडेको हृदयविदारक घटना

Bishal, Bikashभदौ १७ । दूर्भाग्यले पनि कहिलेकाहिँ आफ्नो सीमा नाघिदिन्छ । १२ वर्षको अन्तरालमा लक्का जवान दुई दाजुभाईले जीवन आफ्नो गुमाएका छन् । विराटनगर बरगाछीका विकास कट्टेलको ६१ सालमा मोटरसाइकल दुर्घटनामा परेर निधन भएको थियो । १२ दिन अघि उनका दाई विशालले पनि मोटरसाइलक दुर्घटनामै यो संसार छाडे । विशाल–विकास नै अब यो संसारमा छैनन् । सन्तानका नाममा उनीहरु दुई छोरा मात्रै थिए ।

६१ सालमा विवाहको कार्ड बाँड्दै विराटनगरबाट इनरुवा जाने क्रममा विकासको मोटरसाइकल दुर्घटनामा परेका थिए । त्यो बेला विकासको उमेर १९ वर्षको थियो । मोटरसाइकल विकासले नै चलाइरहेका थिए । दुर्घटनामा विकासले ज्यान गुमाए । मोटरसाइकल पछाडि बस्ने उनका साथी घाइतेमात्रै भए ।

सडकछेउको फलैचामा ठोक्किएर विकास उछिट्टिएका थिए । त्यो क्रममा हेलमेटको फित्ता चुँडियो । त्यसले विकासको जीवननै चूँडेर लग्यो । टाउकोबाट हेलमेट फुस्केपछि विकासको टाउको सडक छेउको सिमेन्टको फलैंचामा ठोकिएको थियो ।

विकासको असामयिक निधनले कट्टेल परिवार विक्षिप्त बन्यो । घटना भएको १२ वर्ष भए पनि त्यो पीडालाई उनीहरुले भूल्न सकेका थिएनन् । विकासका ठूलोबुबाका छोरा पारुल भन्छन्, ‘विकासलाई नै हामीले भूल्न सकिरहेका थिएनौं । अहिले विशालको पनि निधन भयो । दूनियाँमा यस्तो पीडा कसैलाई नपरोस् ।’

bishal-bikas१२ दिनअघि साउदी अरबमा विकासका दाई विशाल ‘३३’को पनि मोटरसाइकल दुर्घटनामै ज्यान गएको छ । मोटरसाइलक पार्किङ गर्ने क्रममा विशालको मोटरसाइकललाई एक जीपले ठक्कर दिएको थियो । ठक्करलगत्तै विशाललाई अस्पताल पुर्याइयो । केही समयपछि अस्पतालले उनको निधन भएको प्रमाणित गर्यो । मोटरसाइलक विशालले चलाएका थिए । उनीसँगै मोटरसाइलकको पछाडि सिटमा एक साथी पनि थिए । संयोग, विशालले ज्यान गुमाएको घटनामा पछाडि बस्ने सकुशल छन् । भाई विकासको मोटरसाइकल दुर्घटनामा पनि पछाडि बस्नेको ज्यान जोगिएको थियो ।

विकासले अविवाहित हुँदै यो संसार छाडे । विशालको भने ३ वर्ष अघि विवाह भएको थियो । आइटी सम्बन्धी काम गर्ने विशाल साउदी अरबको जागिर सधैकालागि छाडेर नेपाल फर्किने योजनामा थिए । पत्नी नेपालामा भएका कारण पनि उनको मन साउदी अरबमा लागिरहेको थिएन ।

bishal-sedफोनमा कम्प्युटर इञ्जिनियर पत्नीसँग ‘क्यानडा अस्ट्रेलियातिर जाऔं, प्रक्रिया बुझ्दै गर’ भन्ने गर्थे । साउदी अरबको जागिर साउन महिनामै सकिएको थियो । आफूले गर्दै आएको काम अर्को साथीलाई सिकाएर सधैका लागि नेपाल फर्कदै थिए विशाल ।

विशाल र विकास रुपमा सुन्दर, स्वभावमा सादगी, मिलनसार र मेहनती थिए । दुवैको पृष्ठभूमि खेलकुदमा थियो । दुवै कराते खेलाडी थए । ड्रग्स र रक्सीको लतले जीवन भताभुंग पारेकाहरुले पनि कति सयम बाँच्छन् । तर यी दुई दाजुभाईले चुरोटरक्सी कहिले छोएनन् । नराम्रो आदत अरु केही थिएन । हेर्दा हेर्दै दुई दाजुभाईले अल्पायुमै संसार छाडे ।

दुईमात्रै छोराको यसरी निधन भएपछि वृद्धावस्थाका बुबाआमाको होस ठेगानमा छैन । कान्छो छोराकी शोकले आमाबुबा अझैसम्म दिल खोलेर हास्न सकेका थिएनन् । जीवनको एकमात्रै डोरो जेठो छोरो विशालको पनि निधन भएपछि आमाबाबुको विरहको कुनै सीमा छैन । विशालको सानीमा र सानाबुवाको कुनै सन्तान थिएनन् । सानीमा र सानुबुबाले पनि उनलाई छोरासरह ख्याल गरेका थिए । विशाललाई सानैदेखि हुर्काउने अर्की एक शान्तिदिदी पनि थिइन् । यी सबैको नैतिक जिम्मेवारी विशालमाथि थियो । उनले भन्ने पनि गर्थे, ‘मेरा पाँच जना बाबुआमा छन् । उनीहरुको जिम्मेवारी मेरो हो ।’

आफ्ना बाबुआमालाई वृद्धाश्रममा छाड्ने छोराछोरीको जमाना हो यो । तर विशालले आफ्ना बाबुआमाबाहेकप्रति पनि जिम्मेवारीवहन गर्ने तत्परता थियो । त्यो जिम्मेवारीवोध थियो ।

विशालको साउदीमा निधन भयो । यता घरलाई शोकले डुबायो । छोरा गुमेको पीडा त छँदैछ, १२ दिन भयो शव अझै आइपुगेको छैन । विशालकी पत्नी पूर्वमन्त्री गिरिराजमणि पोख्रेलकै दाजुकी छोरी हुन् । विशालको निधनलगत्तै पोख्रेल परिवारले पनि आफ्नो चिनजान, पार्टीको शक्ति –संयन्त्र प्रयोग गरेर शव चाँडोभन्दा चाँडो नेपाल ल्याउने प्रयास गरिरहेका छन् । साउदीस्थित नेपाली राजदूत, श्रमसहचारीलगायतको प्रत्यक्ष पहल हुँदा पनि शव बिहीबार साउदीबाट पठाइएको छ । शुक्रबारसम्म शव दुवईमा रहने र शनिबारसम्ममा काठमाडौ आइपुग्ने बताइएको छ ।

bishal-bikas-1

विशालका ठूलोबुवाका छोरा पारुल भन्छन्, ‘हामी नेपाली कति अभागी, आफन्त गुमाउनुको शोक भूलेर शव ल्याउन संघर्ष गर्नुपर्ने ।’ पारुल नेकपा एमाले मोरङका नेता पनि हुन् । उनले पनि आफ्नो पार्टीका नेताहरुलाई भनसुन गरेर शव चाँडै नेपाल ल्याउने प्रयास गरे । ‘पहुँच हुनेहरुको त शव आउन छिटोमा १२–१५ दिन लाग्दोरहेछ । ठाउँमा आफ्ना मान्छे कोही नभएकाहरुको अवस्था के होला ? ’

३०–४० वर्ष अघिसम्म पनि परिवार सानो हुनुपर्छ भन्ने मान्यताले धेरै व्यापकता लिएको थिएन । दम्पत्तिले धेरै सन्तान जन्माउँथे । तर कट्टेल परिवारको संरचना ५–६ पुस्तादेखि त्यस्तो थिएन । विशाल र विकासका बुबाहरु दुई भाई थिए । ती दुई भाइका बाबु अर्थात हजुरबुबाका दाजुभाई थिएनन् । हजुरबुबाका बुबा पनि एक्ला नै थिए । पाँच–छ पुस्तादेखि एक–एक सन्तानबाट यो कट्टेल परिवार अगाडि बढ्दै आएको थियो ।

हजुरबुबाका दुई छोरा, ती दुई छोराका थप दुई दुई छोरा भएपछि वशं धान्ने चार जना तयार भएका थिए । वंशको फैलावट सानो भएकोले कट्टेल परिवार खिन्न थियो । पछिल्लो पुस्तामा चार छोरा जन्मेका थिए । तर दूर्भाग्य ती मध्ये एक भाईका दुवै छोराहरुको असामयिक निधन भयो ।

र योपनि,

► लक्का जवान दुई छोरा गुमाएको पीडादेखि समाजसेवामा सम्पत्ति सक्दाको सन्तुष्टिसम्म

ADVERTISEMENT