विदेश

धेरै बच्चा जन्माउनेलाई सरकारी सहयोग

धेरै बच्चा जन्माउनेलाई सरकारी सहयोग
koreaa एजेन्सी - दक्षिण कोरियाली सरकारले मानिसहरुलाई जन्मदर वृद्धि गर्नमा प्रोत्साहित गर्ने उपाय अवलम्बन गरेको छ । घट्दो जनसंख्यालाई लिएर दक्षिण कोरियाली सरकार चिन्तित बनेको हो । कोरियन अखबार हेराल्डका अनुसार प्रजनन सम्बन्धी समस्या र शल्यक्रियामा सरकारले आर्थिक सहयोग गर्ने भएको हो । सरकारले यस्तो सहयोगको सुरुवात सेप्टेम्बर देखि गर्ने भएको हो । अब यो सहयोगमा निम्न देखि उच्च वर्गका दम्पती सहभागी हुनेछन् । अहिलेसम्म यो सहयोग केवल निम्न स्तरका दम्पतीमा मात्र सीमित रहेको थियो । अब यो सुविधासँगै त्यहाका दम्पतीले करिब ६० हजार रुपैया पाउने छन् । सन् १९६० को दशक देखि दक्षिण कोरियामा जन्मदर तीव्र रुपमा घट्दै आएको छ । गत बर्षहरुमा सरकारले प्रजननका लागि करौडौँ खर्च गरे पनि जनसंख्यामा कुनै पनि परिवर्तन आएको छैन् । त्यहाका स्वास्थ्य मन्त्री जंग चिन यू ले जन्मदर बढाउन सबै कुरा सम्भव गर्न कोसिस गरेको बताए । यसको अलवा सरकारले प्रजननको उपचार गर्न अर्काे वर्षको जुलाई देखि तीन दिनको छुट्टी दिने निर्णय गरेको छ । त्यस्तै दोस्रो बच्चा जन्मिएपछि बच्चाको बुबालाई पितृत्व अवकाश बढाउने निर्णय गरेको हो । korea कोरिया टाइम्सका अनुसार यो बर्षको पहिलो पाँच महिनामा पछिल्लो वर्षको यहि महिनाको तुलनामा जन्मदर ५३ प्रतिशतले कमी आएको हो । विभिन्न अनुसन्धानले दक्षिण कोरियामा जनसंङख्या घट्नुको मुख्य कारण मानिसहरुको व्यस्तता तथा सार्वजनिक विदाको अभाव देखाएको छ । यहाका मानिसहरुलाई यो लाग्छ की उनीहरु आफ्ना बच्चाहरुलाई उचित तरिकाले हेरविचार गर्न सक्दैनन्

population high density South Korea