समाचार

गोरखाको बारपाकलाई पर्यटकीय क्षेत्र बनाउन कसिए प्रचण्ड

गोरखाको बारपाकलाई पर्यटकीय क्षेत्र बनाउन कसिए प्रचण्ड
prachanda भदाै - १२। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २०७२ सालको भुकम्पले थलिएको गोरखाको बारपाकलाई पर्यटकीय क्षेत्र बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । बारपाकका भुकम्प प्रतिनिधिसँग आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटघाट गर्दै दाहालले भने ऐतिहासिक गाउँ बारपाकको एकीकृत योजनाका साथ पुनः निर्माण गर्नुपर्छ, भूकम्पको केन्द्रबिन्दु बनेको वारपाकलाई विश्वले चिनेको छ, यसलाई संसारकै आकर्षक पर्यटकीय केन्द्र बनाउन पहल गर्नेछु । गोरखाका सांसदद्वय कृष्ण धिताल र छमबहादुर गुरुङ एवम् पूर्व सांसद अम्बर गुरुङको नेतृत्वमा आएको टोलीले प्रधानमन्त्री दाहाललाई ज्ञापनपत्र पेस गर्दै जिल्लाको विकास निर्माणमा ध्यान दिन अनुरोध गरेको स्वकीय उपसचिव मनोहरि तिमल्सिनाले जानकारी दिए ।

Barpak Gorkha Prachanda