अपराध सुरक्षा प्रवास समाचार

विदेशको जेलमा ८ सय ६३ नेपाली !

विदेशको जेलमा ८ सय ६३ नेपाली !

prisoner-jail भदौ १२। पुष्पकमल दाहाल प्रधानमन्त्री भएको साता साउदी अरबको हायल जेलमा रहेका काभ्रेका रामचन्द्र तिमल्सिनाको जीवन रक्षाका लागि भन्दै चन्दा संकलन सुरू भयो। मदिरा सेवन गरी तिमल्सिनाले चलाएको गाडी दुर्घटना हुँदा पाकिस्तानी नागरिकको ज्यान गएको थियो ।

त्यसमा तिमल्सिनालाई दोषि ठहर गर्दै अदालतले ब्लडमनीवापत पीडित परिवारलाई ३ लाख साउदी रियाल झन्डै ८७ लाख रूपैयाँ दिनुपर्ने फैसला सुनाएको थियो । नेपाली दूतावासले पठाएको प्रतिनिधि र पीडित पक्षबीच भएको छलफलमा एक लाख २० हजार रियाल तिर्नुपर्ने सम्झौता भएपछि एनआरएन साउदीले रकम संकलन सुरू गरेको थियो।

यसको चौतर्फी चर्चा हुन थालेपछि प्रधानमन्त्री दाहालले खाडीको जेलमा रहेका नेपालीको यथार्थ बुझ्न चाहे। परारष्ट्र सचिव शंकर वैरागीलाई प्रधानमन्त्रीले सोधे (विदेशका कुन देशमा कति नेपाली जेलमा छन् ? त्यसै अनुसार बढी नेपाली जाने देशमा दूतावासले जेलमा रहेका नेपालीको तथ्यांक अपडेट गरिरहेको छ ।

खाडीको जेलमा श्रम मामलाको विवादसँग जोडिएका नेपाली मात्रै छैनन्। फौजदारी मुद्दाका संवेदनशिल अभियोगमा पनि वर्षौदेखि थुनिएका छन्। खाडीका दूतावासहरूले पछिल्लो समय तयार पारेको प्रतिवेदनअनुसार एक हजारभन्दा बढी नेपाली जेलमा छन्। जसमा ८६३ फौजदारी अभियोगमा जोडिएका छन् । बाँकी करिब दुई सय नेपाली घर फिर्ति केन्द्रमा नेपाल आउने दिनको कुराइमा छन् । कान्तिपुरबाट

Jail