समाचार

अख्तियार प्रमुख कार्कीको नियुक्तिको सक्कल कागज पठाउन सर्वाेच्चकाे अादेश

अख्तियार प्रमुख कार्कीको नियुक्तिको सक्कल कागज पठाउन सर्वाेच्चकाे अादेश
Lokman भदौ - १० । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीलाई नियुक्ति गर्दाको सक्कल कागजपत्र माग गरेको छ । न्यायाधीश दीपक कार्की, विश्वम्भर श्रेष्ठ र ईश्वर खतिवडाको इजलासले आज आयोगका प्रमुख कार्कीको नियुक्तिको सक्कल कागपत्र सरकारसँग माग गरेको अदालतका प्रवक्ता नहकुल सुवेदीले जानकारी दिए। प्रवक्ता सुवेदीले तत्कालीन मुख्य अधिकृत (मुख्य सचिव) लोकमानसिंह कार्कीलाई स्पष्टीकरण पेस गर्ने सम्बन्धमा लेखिएको सामान्य मन्त्रालयको २०६३ चैत ११ गते पत्रसहितको सङ्कलित फाइल पनि माग गरिएको बताए । सर्वोच्चले कार्कीलाई प्रमुख आयुक्त सिफारिस गर्दा संवैधानिक परिषद्मा भएको विवादास्पद निर्णय, जनआन्दोलन दबाउने कार्यमा भूमिका भए/नभएको निर्णय र उमेर विवादमा समान्य प्रशासन मन्त्रालयमा रहेको रेकर्डलगायत अन्य विवरणको सक्कल फाइल पठाउन आदेश गरेको हो। आयोगका प्रमुखमा कार्कीको नियुक्तिविरुद्ध २०७२ मङ्सिर ९ गते अधिवक्ता ओमप्रकाश अर्यालले रिट निवेदन दायर गरेका थिए। कार्कीविरुद्ध अर्यालले दायर गरेको दोस्रो रिटमा शुक्रबार सुनुवाइ गर्दै इजलासले कार्कीको सम्बन्धमा विवादास्पद भनिएका फाइल सक्कलै प्रति झिकाई उनीविरुद्ध दायर निवेदन अर्को पेसीमा चढाउन अादेश दिएकाे छ।

Akhtiyar Pramukh Lokman Sing Kirki Srbocho Adalat