देश

विद्यालय गाभ्ने अभियान सुरु

विद्यालय गाभ्ने अभियान सुरु
sarkari school भदौ - ६ । जिल्ला शिक्षा कार्यालय सल्यानले सामुदायिक विद्यालय गाभ्ने (मर्ज) अभियान सुरु गरेको छ । विद्यार्थी सङ्ख्या, दुई विद्यालयबीचको दूरी तथा शिक्षक अनुपातका आधारमा विद्यालय मर्ज गर्ने अभियान सुरु गरिएको जिल्ला शिक्षा कार्यालय सल्यानले जनाएको छ । कक्षा एक देखि तिन, एक देखि पाँच र एक देखि आठ सम्म सञ्चालित विद्यालयलाई गाभ्ने तयारी थालिएको हो । जिल्लाका विभिन्न गाविसमा रहेका १० देखि १२ विद्यालय गाभ्नुपर्ने अवस्था आएकाले यो अभियान सुरु गरिएको जिशिअ बर्खुप्रसाद रजकले बताए । मर्जका लागि स्रोत व्यक्तिलाई परिचालन गरेर तथ्याङ्क सङ्कलन गर्ने कार्य भइरहेको छ, उनले भने , “सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि कम विद्यार्थी सङ्ख्या भएका, दूरी कम भएका विद्यालयलाई गाभ्ने सरकारको नीतिअनुसार अभियान सुरु गरेका हौँ” । रासस

Salyan School