समाचार

थानकोटदेखि चन्द्रागिरी डाँडासम्म केबुलकार सञ्चालनमा

थानकोटदेखि चन्द्रागिरी डाँडासम्म केबुलकार सञ्चालनमा
kebulkar भदौ - ५ । चन्द्रागिरी भालेश्वर मन्दिरको दर्शनको लागि काठमाडौंको थानकोटदेखि चन्द्रागिरी डाँडासम्म केबुलकार सञ्चालनमा आएको छ । चन्द्रागिरी हिल्स प्रालिले सञ्चालनमा ल्याएको यो केवुलकारमा ३८ वटा मानिस र सामान बोक्ने ३ सहित ४१ वटा क्याविन चलाइएका छन् । यहाँबाट काठमाडौं उपत्यकासहित आसपासका जिल्ला र तराईको समथल जमिन देख्न सकिन्छ । साथै उत्तरी हिम शृङखला अझै सुन्दर देखिन्छन् । केवुलकार सञ्चालनमा आएदेखि यहाँ आन्तरिक पर्यटकहरूको घुइँचो लाग्न थालेको छ । चन्द्रागिरीमा भालेश्वर मन्दिर साथै थ्रि डि हल, बालउद्यान, पार्क, पिकनिक स्पट, भ्यूटावर, अर्डिटोरियम हलसँगै होटल पनि निर्माण गरिएको छ । केवुलकार चढ्ने ग्राहकले दुईतर्फी को रुटमा ७ सय रूपैयाँ तिर्नुपर्छ । थानकोट, फाखेल र चित्लाङका स्थानीयले त्यसमा २५ प्रतिशत छुट पाँउछन् । अपाङ, वृद्ध र विद्यार्थीलाई पनि २५ प्रतिशत छुट दिइएको छ । चन्द्रागिरी हिल्स प्रालिले केवुलकार संचालन गर्न नेपाल सरकारसँग ४० वर्षका लागि स्पट भाडामा लिएर चलाएको हो । कम्पनीले प्रतिवर्ष १ लाख ८० हजार भाडा तिर्ने सम्झौता गरेको छ ।

chandragiri cabelcar