हाम्रो पात्रो विज्ञापन
प्रविधि

एज ब्राउजर प्रयोगकर्तालाई पैसा दिँदै माइक्रोसफ्ट

एज ब्राउजर प्रयोगकर्तालाई पैसा दिँदै माइक्रोसफ्ट

Edgeमाइक्रोसफ्टले विन्डोज १० सँगै एउटा नयाँ ब्राउजर लञ्च गरेको थियो । निकै तामझामका साथ प्रचार गरिएको तथा इन्टरनेट एक्स्प्लोररको प्रतिस्थापक भनिएको एज नामक उक्त वेब ब्राउजरले खासै लोकप्रियता हासिल गर्न भने सकिरहेको छैन । तर अब माइक्रोसफ्टले एज ब्राउजरका प्रयोगकर्ताको संख्या बढाउन काइदाको उपाय अपनाउँदैछ । एज ब्राउजर प्रयोग गर्ने इन्टरनेट प्रयोगकर्तालाई पैसा दिने योजना माइक्रोसफ्टले ल्याउँदैछ ।

अहिले लोकप्रिय रहेका गुगल क्रोम र मोजिल्ला भन्दा आफ्नो एज ब्राउजर हर प्रकारले उत्कृष्ट रहेको दाबी माइक्रोसफ्टको छ । तरपनि यसको प्रयोग कममात्र मानिसहरुले गरिरहेका छन् ।माइक्रोसफ्टले एज ब्राउजरका प्रयोगकर्तामा बढोत्तरी ल्याउनका लागि माइक्रोसफ्ट रिवार्ड योजना ल्याउँदैछ । एजका जो प्रयोगकर्ताले माइक्रोसफ्ट रिवार्डमा साइन अप गर्नेछन् उनीहरुलाई ब्राउजर प्रयोग गरेबापत अंक प्रदान गरिनेछ ।

अब एज ब्राउजरको प्रयोग गरी माइक्रोसफ्ट स्टोर तथा बिंगका माध्यमबाट शपिंग गर्दा माइक्रोसफ्टले रकम प्रदान गर्नेछ । माइक्रोसफ्ट रिवार्ड अहिलेसम्म केवल अमेरिकामा मात्र उपलब्ध रहेकाले केवल अमेरिकी प्रयोगकर्ताले मात्र यस्तो पुरस्कार प्राप्त गर्न सक्नेछन् ।

Microsoft
ADVERTISEMENT